बिरगंजका सकृय पत्रकार खानको निधन , आजै मुस्लिम परम्परा अनुसार अन्त्येस्टि

Date:

अजित कुमार भुजेल, बिरगंज। बिरगंजका सकृय पत्रकार नेहाल खानको निधन भएको छ ।

खानलाई स्वास्थ्य समस्या आएपछी गत सोमबार देखि अस्पतालको आईसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राती सवा १० बजेतिर निधन भएको जानकारी पारिवारिक जनले दिएका थिए ।

नेपाल टेलिभिजनका पर्सा संवाददाता एवं बिरगंज सन्देश दैनिकका प्रकाशक समेत रहेका खानको बिहीबार आर्दशनगर स्थित कव्रिस्थानमा मुस्लिम परम्परा अनुसार दिउँसो डेढ बजे अन्त्येष्टि गरिएको थियो ।

खानको पार्थिव शरिरमाथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव एवं चौतारीका केन्द्रिय सदस्य श्याम बन्जारा, चौतारी पर्साका अध्यक्ष बिजय भण्डारी, सचिव राकेश साह,कोषाध्यक्ष संतोष पटेल,सदस्य आरोहण साह, राजन रौनियार,मन्सुर खान,आशिक अंसारीले चौतारीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,कोषाध्यक्ष संजिव मिश्रा लगायतको टोलीले पनि खानको पार्थिव शरिर माथि संघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानले समेत आफ्नो  संघको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

प्रेस चौतारी नेपाल पर्साका सदस्य रहेका खान झण्डै दुई दशक भन्दा बढी समय देखि बिरगंजमा सकृय पत्रकारिता गर्दै आएका ५२ बर्षिय खान बिरगंज  महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायी बासिन्दा हुन्।

कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।

खानकी पत्नि अजमा खातुन पनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन्।भरतपुर क्यान्सर अस्पतालमा उनकोपनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ।खानका दुई छोरी र दुई छोरा छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...