प्याब्सन पर्सा जिल्ला र नगर कमिटीको बार्षिक साधारणसभा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । निजि तथा आवासिय बिधालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) पर्सा जिल्लाको १५ र वीरगन्ज महानगर समितिको ५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्याबसन पर्सा र वीरगन्ज महानगरको सन्युक्त आयोजनामा आइतबार वीरगन्जको होटेल भिस्वाको सभाहलमा अयोजित बार्षिक साधारणसभाको प्रमुख अतिथी प्याब्सन मधेश प्रदेशका अध्यक्ष दिपक रेग्मिले पानसमा दिप प्रज्वल्लन गरि सुभारम्भ गरेका थिए ।

प्याबसन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगन्ज अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा एवं मधेश प्रदेशका अध्यक्ष दिपक रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथी मधेश प्रदेश योजना आयोगका सदस्य एवं प्याब्सन पर्साका पुर्व अध्यक्ष शिक्षाविद्ध डा. हरिशंकर प्रसाद साह, प्याब्सनका केन्द्रिय सदस्य छेडुप लामा,मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसि,वरिष्ठ सल्लाहकारद्वय मणि पाख्रीन र लालबाबु प्रसाद कुर्मी , अतिथिहरु पर्सा सल्लाहकार इमामुदिन अहमद,वरिष्ठ उपाध्यक्ष सरोज चौधरी ,उपाध्यक्ष शिव गुप्ता,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,सन्चारकर्मिहरु लालबाबु सिंह ,अजित भुजेल,जगत राइ,सुर्य बिक लगायत प्याब्सन पर्सा एव वीरगन्जका पदाधिकारी सदस्यहरुको साथै प्याब्सन आबद्ध स्कुलका संस्थापक एवं प्रन्सिपलहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी रेग्मिले साधारणसभा भनेको बर्षभरिको कार्यहरुको आत्मआलोचना गर्ने सभा हो र हामिले गत बर्ष के कति राम्रो कार्यहरु गर्न सफल भयौ , के कति बाकी छ , कहाँ कमजोरी रहयो यो सबै हामिले साधारणसभा मै समिक्षा गरि आउदो समयमा अझ राम्रो र झन झन राम्रो गर्दै लैजाने शिक्षा पाउने साधारणसभाबाट नै भएकोले प्याब्सन पर्सा र वीरगन्ज समितिले बिगत झै यश बर्ष पनि असाध्यै राम्रो कार्य गरेको छ र अब आउने समयमा अझ बढी गुणस्तरीय कार्य गर्दै नेपालमै सबभन्दा उच्च स्थानमा पुर्याउनुस भनी शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

अहिलको विषम समयमा हामी स्कुल संचालकलाई विभिन्न माध्यमबाट माफियाको रुपमा गलत प्रचार गरिरहेको दुख्द स्तिथी छ जबकी हामी मध्ये धेरैले आआफ्नो घर जग्गा ,स्वास्नी को गहना बन्धकी राखी गुणस्तरीय शिक्षा प्रदान गर्ने गरिरहेका छौ जस्ले गर्दा शिक्षित युवाहरु देशमा विभिन्न क्षेत्रमा सेवा प्रदान गरिरहेका र बिदेश गएकाहरुले कमाएर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र लाई धेरै हद सम्म सघाएको छ यसप्रती तिनै तहको सरकार एवं समाजका अगुवाहरुले मनन गरि हामिले गरेको सेवाको उचित सम्मान दिन पनि आग्रह गर्दै १-२ जना खराब छ होला तर प्याब्सन संस्था देश जनताको गुणस्तरीय शिक्षारुपि सेवा प्रदान गर्ने उत्कृष्ट इमानदार र सबल संस्था रहेको सिद्ध भै सकेकोले हामी सबै एक ढिक्का भएर अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।

सो कार्यक्रममा प्याब्सन पर्साका विभिन्न पदहरुमा रहि अध्यक्ष समेत रहेको समयमा प्याब्सनलाई संगठित गर्दै बलियो पार्नु का साथै पर्सा प्याब्सनको आफ्नै जग्गा आफ्नै भवनको लागि अहोरात्र खटेका मधेस प्रदेश योजना आयोगका सदस्य डा. हरिशंकर प्रसाद साहलाइ शिक्षाको क्षेत्रमा अविस्मरणीय योगदानको कदर गर्दै गमछा ओढाएर र सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको थियो । साथै प्याब्सन पर्सा र वीरगन्ज द्वारा बर्ष भरी गरिएका फुटबल , क्रीकेट ,चेस, ब्याडमिन्टन प्रतियोगिता लगायत रक्तदान ,स्वास्थ्य शिविरका संयोजकहरुलाइ पनि सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्ष प्रधानले प्याब्सन पर्सालाई कुनै हावाहुरी बतासले उडाउन त के हल्लाउन मात्र पनि सक्दैन्न यति हामिमा एकता छ र हामी एक ढिक्का रहि प्याब्सनलाई अझ धेरै माथी सम्मानिय ठाउमा पुर्याउनेछौ भन्दै सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन वीरगन्ज माहानगर अध्यक्ष आलोक चौरसियाले र सहजीकरण सचिव सन्नी पाख्रीनले गरेका थिए ।

सो बार्षिक साधारणसभाको खुल्ला सत्रपछि भएको बन्द सत्रमा गत आर्थिक बर्षको सचिवको कार्यप्रगती प्रतिवेदन , अगामी बर्षको अनुमानित कार्य प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन एवं आगामी बर्षको अनुमानित आर्थिक प्रतिवेदनहरुलाई करतल ध्वनिले पारित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...