नेपाल – भारत मैत्री रेडियो संघद्वारा बिरगंज कपडा बैंकलाई कपडा सहयोग

Date:

पर्सा पोस्ट, चैत २२ गते, वीरगञ्ज ।

नेपाल–भारत मैत्री रेडियो श्रोता संघले आफ्नो स्थापना दिवसको अवसर पारेर वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा संघले २ बोरा, १ कार्टुन, १ ब्याग र ५ झोला कपडा कपडा बैंकको कार्यालयमै पुगेर हस्तान्तरण गरेको हो।

संघका अध्यक्ष हिम्मत खडगीको नेतृत्वमा पूर्व अध्यक्ष विजय पौडेल, उपाध्यक्ष प्रकाश शाक्य, महासचिव शम्भु महतो थारु तथा सचिव मदन पण्डितको सहभागितामा उक्त सहयोग प्रदान गरिएको थियो। कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा सदस्य नवराज भट्टराई र कर्मचारी मिथलेश श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष खडगीले स्थापना दिवसको अवसरमा सानो सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। उनले वीरगञ्ज कपडा बैंकले विगत ७ वर्षदेखि निरन्तर रूपमा दिनदुखी, असहाय तथा आगलागी र बाढीपीडितहरूको घरदैलोमै पुगेर निस्वार्थ सेवा गर्दै आएको प्रशंसा गरे। आर्थिक अभावका कारण नयाँ कपडा किन्न नसक्नेहरूलाई नयाँजस्तै कपडा उपलब्ध गराउने अभियानमा आफूहरूको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यस्तै, निवर्तमान अध्यक्ष विजय पौडेलले संघले विभिन्न सामाजिक कार्यक्रममार्फत सेवा गर्दै आएको उल्लेख गर्दै रक्तदान, स्वास्थ्य शिविर तथा तीजजस्ता अवसरमा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताए। “कोही पनि नाङ्गो नरहोस्, सबैले सुकिलो र जाडोमा न्यानो कपडा लगाउन पाओस्” भन्ने उद्देश्यसहित कपडा बैंकले सञ्चालन गरिरहेको अभियानको उनले खुलेर प्रशंसा गरे। साथै, यस्ता मानवीय कार्यमा सबै संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले नेपाल–भारत मैत्री रेडियो श्रोता संघले निरन्तर सामाजिक कार्यमार्फत मानवता सुदृढ गर्दै आएको बताए। उनले दुई देशका जनताबीच मैत्रीपूर्ण सम्बन्ध मजबुत बनाउन संघले खेलेको भूमिकाको प्रशंसा गर्दै कपडा सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै, वार्षिक रूपमा गरिने यस्ता सहयोगले बैंकको अभियानलाई थप ऊर्जा मिलेको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...