बिरगंज -२७ उदयपुर घुर्मीमा नि:स्त्रीरोग तथा बालरोग स्वास्थ्य शिबिर सम्पन्न सुल्क

Date:

पर्सा पोस्ट, पुस ३ गते, बिरगंज ।
वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

वडा नं. २७ का वडाध्यक्ष श्री हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको उक्त शिविर बिहान १०:०० बजेदेखि सञ्चालन भएको थियो। शिविरमा जम्मा १०७ जना महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए।

शिविरमा सहभागीहरूको रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षण पश्चात् विशेषज्ञ चिकित्सकद्वारा परामर्श प्रदान गरिएको थियो। सेवाग्राहीको सहजताका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

कार्यक्रममा वडा नं. २७ का वडाध्यक्ष श्री हृदय प्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका इन्चार्ज श्री कृष्ण चन्द्र प्रसाद तथा नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर श्री जितेश चन्द्र दासको उपस्थिति रहेको थियो।

चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।

कार्यक्रमका क्रममा वक्ताहरूले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान तथा जनस्वास्थ्य सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन्।

निःशुल्क स्वास्थ्य शिविरले महिला तथा बालस्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...