त्रिजुद्व प्राविधिक विद्यालयमा २०४२ सालको एसएलसी ब्याचको पहलमा नि:सुल्क आँखा शिबिर सम्पन्न

Date:

पर्सा पोस्ट , मंसिर २७ गते , वीरगञ्ज ।
त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा आज निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। वि.सं. २०४२ सालको एसएलसी ब्याचको पहल तथा साहेब दरबारको सहयोगमा आयोजित उक्त शिविर स्थानीय समुदायको आँखासम्बन्धी स्वास्थ्य समस्या पहिचान तथा उपचारलाई लक्षित गरी सञ्चालन गरिएको हो।

शिविरको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले आफू पनि त्रिजुद्ध विद्यालयकै २०४२ सालको एसएलसी ब्याचका विद्यार्थी भएको उल्लेख गर्दै, अध्ययन गरेको विद्यालय र समाजप्रति सेवा गर्ने अवसर पाउनु गौरवको विषय भएको बताउनुभयो।

शिविरमार्फत विद्यार्थी, शिक्षक तथा स्थानीय सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक औषधि वितरणको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्। शिक्षा र स्वास्थ्यलाई एकसाथ जोड्दै सञ्चालन गरिएको यस सामाजिक सेवामूलक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

सामुदायिक आँखा अस्पताल बिरगंजको प्राबिधिक सहयोगबाट सो आँखा चेकजाँच गरिएको हो। चेकजाँचमा मोतियाबिन्द हुनेको निसुल्क अपरेसन र औंषधि समेत बितरण गर्ने सामुदायिक आँखा अस्पताल बिरगंजका डा. महेश सिंह धामिले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...