रानिघाटमा दुर्गा पुजा सेवा समितिद्वारा २५ औं रक्तदान कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट , असोज ०४ गते , बिरगंज ।दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा २५ औँ पटक आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा ३ महिला सहित कुल १०५ जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए।

रक्तदाताहरूलाई प्रोत्साहनका लागि १५० थान टिसर्ट प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले सहयोग गरेका थिए। कार्यक्रम दुर्गा पूजा सेवा समितिका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षता र वडा अध्यक्ष गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका अध्यक्ष बृज किशोर पटेल, शाखा सदस्य दिनानाथ प्रसाद रौनियार, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे, नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सल्लाहकार गोपाल रौनियार र राजु गुप्ताको उपस्थिति थियो।

समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार, उपाध्यक्ष रबि रौनियार, कपडा बैंकका अध्यक्ष लाल बाबू सिंहलगायतको समेत सक्रिय सहभागिता रहेको थियो।

रक्तदानमा सहभागीहरूमा कुमारी सोनि पासवान, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, अरुण प्रसाद कुश्वाहा, रितेश सुबेदी, अब्दुल सदाम हवारी, सन्तोष कुमारलगायतको उल्लेखनीय उपस्थिति थियो।

अध्यक्ष सतिश सिंह राजपुतले कार्यक्रममा बोल्दै भने, “रक्तदान जस्तो पवित्र कार्यमा यस वर्ष पनि यसरी ठूलो संख्यामा सहभागिता हुनु हाम्रो लागि गर्वको विषय हो। हाम्रो समितिले निरन्तर यो अभियानलाई अगाडि बढाउँदै आएको छ र भविष्यमा पनि यसलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ। रक्तदान जीवन बचाउने महान कार्य हो र सबै युवाहरूलाई यस अभियानमा सक्रिय रुपमा सहभागी हुन आग्रह गर्दछु।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...