हैजा नियन्त्रण र बजार अनुगमनमा सक्रियता देखाउन पर्सा प्रशासनलाई मञ्चको ध्यानाकर्षण

Date:

पर्सा पोस्ट, भदौ १७, बिरगंज। उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला कार्यसमिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सालाई आज ध्यानाकर्षण पत्र बुझाउँदै हैजा नियन्त्रण र बजार व्यवस्थापनमा तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

बढ्दो हैजाको प्रकोप र बजारमा देखिएका बेथिति सम्बन्धी गम्भीर चासो व्यक्त गर्दै मञ्चले सम्बन्धित निकायहरू जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएको छ। मञ्चले प्रेस विज्ञप्ति र औपचारिक स्टन्टबाजीमा सीमित नभई एकीकृत कार्ययोजना बनाएर मात्र समस्या समाधान सम्भव हुनेमा जोड दिएको छ।
बजारमा बेथिति उजागर
मञ्चले जिल्लामा खाद्य स्वच्छता ऐन, २०८१ लागू भइसके पनि धेरैजसो उत्पादन र वितरण हुने वस्तु नियम विपरीत रहेको, बिना अनुज्ञापत्रका वस्तु सर्वत्र पाइने, दुग्ध उद्योग, होटल–मिठाई पसल र खानेपानी उद्योगको अवस्था दयनीय रहेको जनाएको छ।
त्यस्तै बजारमा नापतौल प्रणाली कमजोर रहेको, मोहरबन्द प्याकेटमा तोकिएको तौलभन्दा कम पाइने, ढुङ्गा–ईट्टा हालेर ढकमा वस्तु वितरण हुने, बिना दर्ता विद्युतीय काटा सञ्चालन हुने तथ्य उजागर गरिएको छ।

औषधि पसलहरूको सन्दर्भमा मञ्चले बिना दर्ता सञ्चालन, प्रतिबन्धित औषधि खुल्लमखुल्ला बिक्री वितरण जस्ता समस्या रहेको बताउँदै औषधि व्यवस्था कार्यालयको भूमिकामाथि प्रश्न उठाएको छ।
प्रशासनलाई माग
मञ्चका जिल्ला अध्यक्ष सुनिल श्रेष्ठले चाडपर्व नजिकिँदै गर्दा बजार सफा, व्यवस्थित र उपभोक्तामैत्री बनाउन जिल्ला प्रशासनको नेतृत्वमा एकीकृत बजार अनुगमन समिति गठन गर्नुपर्ने माग गरे।
उनले गलत गर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गर्ने, राम्रो गर्ने व्यवसायीलाई प्रोत्साहन–पुरस्कारको व्यवस्था मिलाउने र नागरिक गुनासो सम्बोधनका लागि हटलाइन सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारीलाई स्वागत
सो अवसरमा मञ्चले हालसालै पर्सामा नियुक्त भएका नयाँ प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीलाई स्वागत गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो।
कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य धिरज शर्मा, जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ, उपाध्यक्ष अजित भुजेल, कोषाध्यक्ष रचेन्द्र सिंह थापा, सदस्य प्रकाश कुमार शाह, लक्ष्मी खड्का, गजेन्द्र महतोलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...