पर्सागढिमा बालअधिकार समितिको काम , कर्तव्य र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल ,  बिरगंज ।स्थानिय बाल अधिकार समितिको काम,कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज पर्सागढि नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानिय बालअधिकार समिति पर्सागढि नगरपालिकाको आयोजना,युवामय्को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धेश्यबारे युवालयका प्रतिनिधि राहुल कुमार साहले बाल अधिकार र बालबालिकासँग सम्बन्धीत कस्ता घटना हुन्छन ?के कारणले घटना घटिरहेका छन् ? यस्लाई र्निमुल बनाउन के गर्न सकिन्छ भन्ने बारे कार्यक्रम केन्द्रित रहेको बताउनुभयो । उहाँले बाल अधिकार,कर्तव्यका बारेमा प्रष्ट पार्दै कार्यक्रमको उद्धेश्यबारे जानकारी दिनुभयो ।

शिक्षा शाखाका प्रमुख देवकुमार गिरी सरले हामीलाई काम गर्न वडाका वडा अध्यक्षज्यूहरुले सहयोग गरिदिनुभयो भने हामीले झन् काम सजिलो र छिटो र पर्सागढी नगरपालिका नै बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्ने र सफल हुन सक्छ भने शिक्षा प्रमुखले आफ्नो कुरा राख्नु भयो ।
त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख शोभा मलिकले बालबालिकाको लागि वडाले पनि बजेट छुट्याइदिनुपर्यो र बजेटलाई कार्यान्वयनमा ल्याइदिनुपर्यो र बजेट छुट्याउँदा पनि नेपाल सरकारको बजेट छुट्याएर अनुदानको बजेटको कुनै भर पनि हुँदैन । गैर सरकारी संस्थाहरूको भरमा मात्र रहेर हामी बालमैत्री वा बालबालिकाको लागि कुनै कार्य पनि सफल पार्न सक्दिन। उहाँहरु एउटा बाटो देखाउने काम गर्नुहुन्छ र त्यो बाटोमा हामीले काम गरेर आफ्नो अब काम गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा बालबालिका शाखाका शाखा प्रमुखलाई राख्नुभयो।कार्यक्रमका सहजकर्ता राम प्रवेश शाहले गर्नुभएका थिए।

कार्यक्तमका सभापति पर्सागढि नगरपालिकाका अध्यक्ष गोकर्ण पाठकले शिक्षाबाट बन्चित बालबालिकालाई विद्यालय सम्म पुर्याउन,पठनपाठन गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले बाल अधिकार बाट बन्चित कोहि बालबालिका भए जो कोहीले पनि खबर गर्न आग्रह गर्दै आवस्यक सहयोग गर्न गाउँपालिका लागी परेको बताउनुभयो । पर्सागढि नगरपालिकाले बालबालिकाको क्षेत्रका उल्लेख्य काम गरेको स्मरण गर्दै कोहिपनि बालबालिका आफ्नो अधिकार बाट बन्चित नहुन भन्ने सवालमा पालिका सचेत रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...