अजित कुमार भुजेल , बिरगंज । किरण आँखा अस्पतालद्वारा जिल्ला प्रहरी कार्यालय बारामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
उक्त निशुल्क शिबिरको बारा जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक सन्तोष तामाङले उद्घाटन गर्नु भएको छ । किरण आँखा अस्पतालले आयोजना गर्ने नियमित शिबिर जस्तै यहा पनि ९५ जना सुरक्षाकर्मीहरुको आँखा परिक्षण गरिएको फिल्ड ईन्चार्ज आरती गुप्ताले जानकारी दिनु भयो । शिबिरमा प्रहरी नायव उपरिक्षक बिजयराज पंण्डित, प्रहरी निरिक्षक बलराम श्रेष्ठ, दिलिप कुमार थापा, राकेश कुमार खत्री लगायत ९५ जनाको आँखा परिक्षण गरिएको हो ।
उक्त शिबिरमा अस्पतालका तर्फबाट आँखा बिशेषज्ञ टोलिमा ज्योती कर्ण , मुस्कान गुप्ता,गुडिया महतो,रामबाबु चौरसियाले प्राबिधिक सहयोग गरेका थिए । सुरक्षाकर्मीको आँखामा समान्य एलर्जी मात्र देखिएको र उमेरका कारण लगाउनु पर्ने दुरी तथा नजदिकी स्पष्ट देखिने चस्मा आवश्यक रहेको किरण आँखा अस्पतलका संचालक वरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. अमर क्यालले जानकारी दिनुभयो ।
किरण आँखा अस्पताल द्वारा यस्तो नियमित निशुल्क शिबिरको आयोजना गर्दै आएको र आधुनिक उपकरण युक्त मेसिनद्वारा शैल्यक्रिया गरिने भएकोले यस अस्पतालको पर्सा एवं बारा जिल्लामा छुट्टै नाम कमाउन सफल भएको सेवाग्राहीहरुको भनाई छ।