जगरनाथपुरको मदरसा विद्यार्थीलाई जनमत पार्टीका युवा नेता बृजेस्वर प्रसाद चौधरीद्वारा न्यानो सुईटर सहयोग

Date:

अजित कुमार भुजेल ,  बिरगंज । जनमत पार्टीका युवा नेता बृजेस्वर प्रसाद चौधरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँमा रहेको इस्मालिया दारुल क़ुरआन मदरसामा अध्ययनरत विद्यार्थीलाई सुइटर सहयोग गरेका छन्।

एक विशेष कार्यक्रमका बीच नेता चौधरीले अति गरिब र आवश्यकता देखिएका २० जना बालबालिकालाई सुइटर प्रदान गरेका हुन्। चिसो बढ्दै गएसँगै विद्यार्थीलाई केही राहत पुर्‍याउने उद्देश्यले गरिएको यो सहयोग स्थानीय स्तरमा सराहनीय रहेको छ।

क्षेत्र न. ४ मा रहेको क्षेत्रिय पार्टी कार्यालय मै यी मदरसाका शिक्षक मौलवी मुफ़्ती सग़ीर अहमदलाइ हस्तान्तरण गरिएको थियोे। उक्त सुइटर वितरण कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षक, र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा युवा नेता चौधरीले बालबालिकाको लागि चिसोबाट जोगिन सुइटर सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “बालबालिकालाई चिसोबाट जोगाउन यो सानो प्रयास हो। भविष्यमा पनि जसरी सकिन्छ, सहयोग गर्दै जानेछु।”

मदरसाका शिक्षक र अभिभावकहरूले चौधरीको यो सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् कि यसले बालबालिकाको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्नेछ।यो कार्यक्रमले स्थानीय समुदाय र गरिब बालबालिकाको हितमा सहयोगका प्रयासलाई प्रोत्साहन दिने आशा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...