मानवसेवा आश्रमलाई वडा प्रहरी कार्यालय बिर्ताद्वारा औंषधि तथा फलफुल सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज। बिरगंज वडा न. २५ स्थित मानवसेवा आश्रम सिरिसियामा आश्रित आमाबुवाहरुको लागि अतिआवश्यक मानसिक रोगको औषधिका साथै फलफुल मानवसेवा आश्रम बिरगंजका संस्थापक देवेश प्रसाद लाइ वडा प्रहरी कार्यालय बिर्ताले हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक लोक राज भट्ट,आश्रमका अभिभावक प्रकाश थारु, समाजसेवी युवाहरु ओम कुमार झा, साजन शाह कानु, पियुष गुप्ता, पवन गुप्ता, प्रधुमन सर्राफ, सन्दिप यादव लगायतकाहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि आफ्नो मन्तव्य राख्नु हुदै नायव उपरीक्षक किशोर लम्सालले भन्नू भो आउने दिनमा जिल्ला प्रहरी कार्यालय बाट साथै व्यक्तिगत तर्फ बाट पनि मानवसेवा आश्रमलाई सधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको हो।

उक्त कार्यक्रमको योजना बनाउनु हुने वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईलाइ बिशेष आभार र धन्यवाद व्यक्त गर्नु भएको थियोे।

उक्त सहयोग वितरणमा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख एवं प्रहरी निरिक्षक निरोज चौलागाईंको महत्त्वपूर्ण भुमिका थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...