सन्युक्त बजार अनुगमन टोलि देखे पछी बिरगंज भन्सार क्षेत्रका दुई दर्जन पसलहरु बन्द गरि व्यापारीहरु भागे

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको सन्युक्त बजार  अनुगमन टोलि बिरगंज वडा नम्बर १६ स्थित भन्सार क्षेत्रमा बुधबार बजार अनुगमन गर्न जादा अनुगमन टोलीको  गाडि रोक्ने साथ  सेकुवा, मदिरा होटल र किराना पसलहरु बन्द गरि व्यापारीहरू भागाभाग गरेका थिए ।

नियमित बजार अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि मन्दिप यादवको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीलाई देख्नासाथ व्यापारीहरू सटर झारेर भागाभाग गरेका थिए । अनुगमन टोली आज दिउसो २ः३० बजेतिर भन्सार क्षेत्रमा पुगेको थियो।

करिब दुई दर्जन पसलका व्यवसायीहरू पसल छाडेर हतारहतार भागेका थिए । अनुगमन टोली भन्सार क्षेत्रमा पुगेर गाडीबाट झर्न नपाउँदै व्यापारीहरू सरसामान छाडेर सटर बन्द गरेर भागे र  केहीले पसल अगाडि रहेको सामान समेत भित्र राख्न भ्याएका थिएन र सामान त्यहि छोडेर पसलेहरू भागाभाग गरे ।

केहि खुलेका सेकुवा, मदिरा पसल र किराना पसलको अनुगमन गर्ने क्रममा  प्रमोद होटल, प्रिन्स एण्ड प्रिती किराना जेनरल स्टोर, र कृष्ण सेकुवा कर्नर पसलमा म्याद गुज्रिएका बेसन, सेवई, सन्पापडी, बिस्कुट जस्ता खाद्यान्न सामग्री जफत गरी नष्ट गरिएको थियो ।

होटल तथा किराना पसलहरूको व्यवसायी दर्ता , सरसफाइको अवस्था र म्याद गुज्रिएको सामान अथवा मिति उल्लेख नगरिएको सामाग्रीहरु खरिद  बिक्रीवितरण नगर्नको लागि सचेतनामुलक सन्देश दिने कार्यक्रम रहेको थियो तर अधिकांश पसलेहरू सटर बन्द गरेर भागेपछि अन्य पसलहरूमा अनुगमन गर्न नसकिएको हुदा अनुगमन टोलीले केही पसलेहरूलाई बोलाएर सरसफाइलाई चुस्त राख्न, व्यवसाय दर्ता नगरेको भए दर्ता गर्न र दर्ता म्याद नाघेको भए बेलैमा नविकरण  गर्न आग्रह गरेको थियो।

आजको अनुगमन टोलीमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजका कविकान्त कुशवाहा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजका निमित्त अधिकृत जगत चौधरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका उपाध्यक्ष अजित कुमार भुजेल , होटल तथा पर्यटन व्यवसायी संघ बिरगंजका उपाध्यक्ष रचेन्द्र थापा र वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी सहायक निरीक्षक रामविश्वास पटेलको  सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...