पर्साबाट निर्वाचित नेपाल पत्रकार महासंघ केन्द्र ,प्रदेश र जिल्लाका पदाधिकारी , सदस्य र पार्षदहरुलाई होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । होटेल तथा पर्यटन व्यवसायी संघ बिरगंजको आयोजनामा पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाबाट निर्वाचित पदाधिकारी , सदस्यहरु र पार्षदहरुलाई एक कार्यक्रम बीच सम्मान गरेको थियो ।

बुधबार होटेल क्लासिक बेंक्वेटमा आयाेजित सम्मान तथा शुभकामना कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायी संघले पर्सा जिल्लाबाट निर्वाचित केन्द्र , प्रदेश र जिल्लाका पत्रकारहरुलाई  सम्मानित गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्साका नवनिर्वाचित जिम्मेवारी पत्रकारहरुलाई  गोजी पत्रकारितालाई  प्रोत्साहित नहोस ,  खाेजी पत्रकारिताले प्राथमिकता पाओस् भनेर बधाई तथा सुभकामना दिनुभयो ।

जसरि पर्सा जिल्लालाई  जुझारु पत्रकार भएको जिल्ला भनेर चिनिन्छ , त्यसैगरि यसको साख बचाउन निर्भीक भएर  कलम चलाउ आग्रह पनि गरेका थिए । 

त्यसैगरि होटेल तथा पर्यटन ब्यवसायीहरुको पेशागत संरक्षणका लागि आफू साकारात्मक रहेको भन्दै नेपाल आउने पर्यटकहरुलाई चेकजाच देखि सुरक्षाको सम्पुर्ण कुराहरुको छिटै सहज बनाउने तर्फ आफु लागेको रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदाको उदाहरण दिनु भएको थियो ।

हाेटल तथा पर्यटन व्यवसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तकाे अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चाैहान, नेपाल पत्रकार महासंघको केन्द्रिय लेखा समितिका संयोजक केसि लामिछाने , प्रदेश अध्यक्ष श्याम बन्जरा , सचिब दिपक गौतम , पर्साका अध्यक्ष ओमप्रकाश खनाल , उपाध्यक्ष निलिमा पौडेल , नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमाेध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जेष्ठ नागरिक पशुपति बिक्रम शाह , उषा शाह , होटेल तथा पर्यटन व्यवसायि संघ बिरगंजका उपाध्यक्ष रचेन्द्र थापा,माधव बस्नेत,कुबेर कार्की , सुनिल खेतान लगायत पर्सेलि पत्रकारहरुको समेत  सहभागीता  रहेको थियाे ।

स्वागत मन्तव्य होटेल तथा पर्यटन व्यवसायी संघ बिरगंजका उपाध्यक्ष रचेन्द्र थापाले र कार्यक्रम सन्चालन दिलिप राज कार्किले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...