बिरगंज समाज सेवाद्वारा बिरगंजको नारायणी अस्पतालमा ५५० जना बिरामी तथा असहायहरुलाई निसुल्क खाना बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।नारायणी अस्पतालको प्राङ्गणमा बिरगंज समाज सेवाद्वारा ५५० जना बिरामी तथा असहायहरुलाई २९ औं सप्ताहको निशुल्क भोजन शिविर सम्पन्न  गरिएको थियो।
आजको निशुल्क भोजन शिविरमा आयोजकद्वारा अस्पतालका बिरामी एवं कुरुवाहरु , रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहाय दलित निमुखाहरुको लागि निशुल्क भोजन गराएको थियो।

आजको निशुल्क भोजन शिविर बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो  सो निशुल्क भोजन कार्यक्रम प्रत्येक सप्ताहमा १ पटक  शनिबारको दिन आयोजना गरिने बिरगंज समाज सेवाका सचिव प्रकाश बाहेतीले जानकारी गराएका थिए।

आजको निशुल्क भोजन शिविर सेवामा २ बोरा चामलको भात ,दाल ,आलु परवलको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वादिलो एवम् पोसिलो हुने गरेको निशुल्क भोजन शिविर बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले बताएका थिए।

आजको कार्यक्रममा बिरामी एवं उनका कुरुवाहरु , गरिब तथा असहायहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।आजको यो  नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बाहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा  , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो।

सेवा नै धर्म हो , गरिब , दिन दु:खि , असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि होईन , हामीहरु आफ्नो लागि मात्र बाचिरहेका छौ , अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामी साथी भाईहरु मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...