पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्दा १० वटा बाख्राको गयो ज्यान

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट १० वटा बाख्राको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर २ थर्घट्टीमा बाघको आक्रमणबाट १० वटा बाख्राको ज्यान गएको हो ।

सोमबार दिँउसो पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्दा एकैचोटी १० वटा बाख्राको ज्यान लिएको पर्सा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मोहनजंग बुढाथापाका अनुसार स्थानीय सत्यनारायण झाँगर र थमक महतो उराँउले साझेदारी वन क्षेत्रस्थित घर नजिकैको जंगलमा बाख्रा चराउन लगेका थिए ।

सोही क्रममा अचानक जंगलबाट निस्किएको बाघले चरिरहेका बाख्राहरुमाथि आक्रमण गरेको उनले बताए । बाघले ८ वटा बाख्राको घाँटीमा टोकेर ज्यान लिएको हो । भने थप दुईवटा बाख्रालाइ लिएर जंगल पसेको प्रहरी निरिक्षक बुढाथापाले जानकारी दिए ।

बाघले कोही पनि मानिसलाइ भने आक्रमण गरेको छैन । डिभिजन वन कार्यालय तथा नेपाल प्रहरीको सहयोगमा बाघलाइ भगाइएको पर्सा प्रहरीले जनाएको छ । यसैबिच दिँउसै बाघले जनावरलाइ आक्रमण गरेपछि सावधानी अपनाउन वन कार्यालयहरुले सर्वसाधारणमा आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...