मारवाडि समाज समिति बिरगंजले ८४ बर्षदेखि गौ सेवा , धार्मिक ,सामाजिक तथा मानबिय सेवामा समर्पित सस्था श्री पशुपति गौशाला धर्मशालामा भएको गैरकानुनि हस्तक्षेप रोक्न प्रधानमन्त्री समक्ष ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा पनि विभिन्न मारवाडि समाज सेवक संघ , मारवाडि सेवा ट्रस्ट , टिबडेवाल धर्माथ ट्रस्ट , बिरगंज जितपुर गौशाला , जैन स्र्वेताम्बर सभा र महेश्वर समाज बिरगंज लगायत मारवाडि समुदायले मारवाडि सेवा समिति नेपाल अन्तर्गत बि. स. १९९७ सालदेखि संचालित श्री पशुपति गौशाला धर्मशाला , काठमाडौं बचाउ अभियान अन्तर्गत रैलि निकालि पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि समक्ष ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा ८४ बर्ष अघि तत्कालीन प्रधानमन्त्री श्री जुद्ध सम्मशेर जबरा ले मारवाडि समाजका राजकुमार मारवाडि लगायत व्यक्तिहरुलाई बोलाई छाडा गाई , साढे ईत्यादिको संरक्षण , हेरचाह गर्न सेवा कार्य गर्न तथा श्री पशुपति नाथको दर्शन गर्न आउने तिर्थ यात्रीहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्थामा मनन गरि गौशाला र धर्मशाला एवं सेवा कार्य गर्न पशुपति मन्दिर नजिकै हालको स्थानमा गौशाला एवं मानबिय सेवा कार्यहरु गर्न बर्तमान गौशाला धर्मशालाको जग्गा मारवाडि समाजलाई उपलब्ध गराईएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

सोही बेलादेखि नै मारवाडि समाजका महानुभावहरुले आफ्नो व्यवसायीको केहि अंश चन्दा स्वरुप प्रदान गरि यस पशुपति गौशाला धर्मशालाको निर्माण गरि गाई गोठ तथा आफ्ना पुर्वजहरुको स्मृतिमा कोठा , हल एवं मन्दिरको निर्माण गर्ने कार्य भएको बताएका थिए ।

ज्ञापनपत्रमा भनिएको छ  कि मारवाडि सेवा समिति काठमाडौंले  स्थापनाकालदेखि श्री पशुपतिनाथको अभिषेकका लागि दैनिक २९ लिटर दुध निसुल्क पठाउने , निशुल्क शववाहन सेवा , शव राख्ने फ्रिज सेवा , निसुल्क कृत्रिम खुट्टा बितरण , तिर्थयात्रीहरुलाई सहुलियत दरमा आवास र शुद्ध शाकाहारि भोजनको व्यवस्था , निसुल्क होमियोप्याथिक स्वास्थ्य परिक्षण एवं हरेक शनिबार असहायहरुलाई निसुल्क भोजन तथा निसुल्क डायलाईसिस सेवा व्यवस्था गर्दै आएको र यसबाट कुनै व्यक्ति , हाम्रो समुदाय वा सस्थाले कुनै पनि प्रकारको आर्थिक लाभ लिने कार्य नभएको बताएका थिए ।

त्यसैगरि मिति २०६०/०२/१२ मा मारवाडि सेवा समिति नेपाल र श्री पशुपति क्षेत्र बिकास कोष बीच भएको सम्झौता सम्बन्धमा उठेको आपसि बिवाद अख्तियार , बिशेष अदालत हुदै सम्माननिय सर्वोच्च अदालतबाट समेत उक्त सम्झौता कानुन सम्मत रहेको छ भने फैसला भएको र सो सम्झौता बमोजिमको रकम आ. व. २०८१/०८२ को पशुपति बिकास कोषलाई बुझाई सकेको उल्लेख गर्दै घटस्थापना देखि कोजाग्रत पुर्णिामा सम्म अदालत बिदा रहने हुनाले उक्त आदेसको पुर्वपाठ आएपछि सो उपर उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको अवस्थामा प्रतिवादि श्री पशुपति क्षेत्र  बिकास कोषले अधिकारको दुरुपयोग गरि काठमाडौं महानगर पालिकासङ्ग गौशाला धर्मशाला सन्चालन सम्बन्धित सम्झौता गरि बिना कुनै लिखित जानकारी मिति २०८१/०६/२३ गते एक्कासि महानगरपालिकाको प्रतिनिधिहरुको साथमा उल्लेख्य नगर प्रहरीहरु श्री पशुपति गौशाला धर्मशाला प्रवेश गरि बल प्रयोग गरेर गौशाला धर्मशालाको बोर्ड हटाई कब्जामा लिएको र नगर प्रहरीले बल प्रयोग गरि श्री पशुपति गौशाला धर्मशाला कब्जामा लिने क्रममा हाम्रो मारवाडि समाजका धेरै जसो मानिसहरुलाई चोटपटक लागेको जानकारी गराउदै कानुनि राज्यमा कुनै एउटा निकायबाट निर्णय भएको तर अन्य निकायहरुमा पुनरावेदन गर्न जाने अधिकार सुरक्षित रहेको अवस्थामा मुद्दा को अन्तिम किनारा नलाग्दै ८४ बर्षदेखि गौ सेवा लगायत धार्मिक , सामाजिक तथा मानबिय सेवाको समर्पित सस्था उपर यस्तो निन्दनीय कार्य हुनु कानुनी राज्यमा कानुन सम्मत नहोला भन्दै यस घटनाले सम्पुर्ण मारवाडि समाजको मौलिक हक अधिकार हनन भएको भन्दै मुद्दा  किनारा नलागेसम्म श्री पशुपति गौशाला धर्मशालामा भएको गैरकानुनि हस्तक्षेप रोक्न आवस्यक सहयोग गरिदिनुहुन सम्माननिय प्रधानमन्त्री ज्यु समक्ष बिनम्र अनुरोध गर्दछौ भन्दै मंगलवार ज्ञापनपत्र बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...