बिरगंज समाज सेवाको आयोजनामा २५ औं हप्ता निसुल्क खाना बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज समाज सेवाको आयोजनामा २५ औ हप्ता निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको  बिरगंज समाज सेवाले जानकारी दिनुभयो ।

नारायणी अस्पतालमा बिरामीहरु , कुरुवाहरु लगायत गरिब , असहायहरुलाई सहज होस भनि हरेक सप्ताहको शनिबार बिहानको खाना खुवाउने गरेको बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिनुभयो ।

शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सचिव प्रकाश बहितिले बताए ।

सेवा नै धर्म हो , गरिब , दिन दु:खि , असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि होईन , हामीहरु आफ्नो लागि मात्र बाचिरहेका छौ , अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामी साथी भाईहरु मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले बताए।

यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ  त्यति सहयोग गर्न आग्रह गर्दै अरु शाखा खोलेर सेवा गर्ने समेत बताए ।

आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...