अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकद्वारा दशैको अवसरमा बिरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज वडा न. ८ बाट गरीब असहायलाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले सोमबार बिरगंजको घण्टाघरमा नया पुराना गरि करिब १ हजार थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारहरु अधिवक्ता प्रकाश उपाध्याय र ओमप्रकाश सरार्फ ,समाजसेवी हुकुम सिंह राजपुत, युवा अभियन्ताहरु केदार गुप्ता र महादेव कुर्मी, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी , संस्थाका उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारु ,सदस्यहरु निला राम ,हरेन्द्र पटेल,संजय मंडल,जानकी देवि,नवराज भट्टराई ,घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ लालबाबु यादव , बैंकका कर्मचारी शोभा देवि लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरुलाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडाको साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै बिरगंज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु,
<span;>सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्दै बडादशै ,दिपावली र छठ पर्वको बधाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सल्लाहकारद्वय उपाध्याय र सरार्फले दिनदुखी असहाय कोहि पनि नाङ्गो नरहोस चाडपर्वको बेला नया किन्न नसकेपनी नया खालकै कपडा सहयोग गरि दिन आग्रह गर्दै सहयोगी दाता शुभेच्छुकजन प्रती आभार प्रकट गर्दै पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्ष सिंहले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्णलाई आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक , सल्लाहकार , पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गर्दै बडादशै ,दिपावली र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।