पशुपन्क्षि औंषधि बजार प्रतिनिधि संघको ९ औं स्थापना दिवसको अवसरमा २ महिला सहित ४७ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । पशुपक्षी औषधी बजार प्रतिनिधि संघको ९ औं स्थापना दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम बिरगंजको घन्टाघरमा सम्पन्न भएको छ।

स्थापना दिवसमा आयोजित  “रक्तदान जिवन दान जिवन दान महादान” भन्ने नाराको साथ यस संस्थाका अध्यक्ष अनिल कुमार पटेलको अध्यक्षतामा भब्यतापुर्वक समापन गरिएको थियो।

सो कार्यक्रममा  २ महिला सहित ४७ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा ओम प्रकाश साह, अभिषेक कुमार , राम आशिष् प्रसाद , मुनिलाल पण्डित ,रबि कुमार  तुरहा , करन साह, नरेश महतो , राजा यादव लगायतकाले रक्तदान गरेका थिए ।

सो कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्सा  शाखाका अध्यक्ष  बिरेन्द्र राज कंडेल , विशिष्ट अतिथीमा पशुपक्षी औषधी बजार प्रतिनिधि संघको संस्थापक अध्यक्ष तुल्सी भन्डारी , अतिथिमा श्याम कुश्वाहा , दिनेश तिवारी , नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता , रक्त सञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभराज पाण्डे , रबि साह तुरहा, करन साह, रामेस्वर यादव लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहा , मनिष गुप्ता , नमित चौरसिया, लिलाधर साह  नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...