बिरगंजको शंकरआचार्य गेट र भन्सार एरियामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अंतर्गत बिरगंज महानगरपालिकाको कार्यालय, भारतका महाबाणिज्य  दूतावास बीरगंज पर्सा तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर- १० वीरगंज पर्साकाे संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट अगाडी तथा बिरगंज भन्सार कार्यालयको पर्खालको छेउमा बृहत वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिंह तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सरकारी ,गैर सरकारी कार्यालयका पधाधिकारीहरु ,सुरक्षा निकायका कर्मचारिहरु नागरिक समाज लगायत अन्दाजी ५० जनाको उपस्थितीमा  विभिन्न किसिमका जात जातिका विरूवा  ५० थान रोपण कार्यक्रम सम्पन्न भएको खेतानले जानकारी दिनुभयो

भारतका महावाणिज्य दूतावास विरगंज पर्साका तरुण कुमार , सशस्त्र प्रहरी नायव उपरिक्षक  सुरज रिजाल , ईनर्वा प्रहरी चौकिका प्रहरी नायव निरीक्षक अजय कुमार राम , ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका सदस्य सर्फुदिन मिया , रतन टेमानी , प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी जवान अमर सिंह साउद लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...