श्रीपुर मुर्ली सामुदायिक सेवा केन्द्रद्वारा प्रहरी हवल्दार यादबको स्वागत

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर ११ द्वारा प्रहरी हवल्दार सुभाष प्रसाद  यादवको भब्य रुपमा स्वागत गरेको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ मा आज देखि नयाँ प्रहरी हवल्दार जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भैइ आउनु भएको यादवलाई  <span;>सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर ११ का पदाधिकारीहरुले  आजै  यादवको कार्यालय परिसरमा भब्य स्वागत गरेका थिए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा उक्त स्वागत कार्यक्रम सम्पन्न भएको थियो । विगत १० महिनादेखि कार्यरत हवल्दार ओमप्रकाश साहको सरुवा भएपछि उहाँको ठाउँमा नयाँ हवल्दार यादवको आगमन भएको छ । उहाँले यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा रहेर ६ वटा सामुदायिक सेवा केन्द्र हेर्ने काम गरिरहनु भएको थियो ।प्रहरी हवल्दार यादवले लामो समयदेखि महिला तथा बालबालिका तथा विपन्न वर्गको हितमा काम गरिसक्नु भएको छ ।आज देखि सामुदायिक सेवा केन्द्र मुर्लीमा सरुवा भएर आगमन भएपछि अब धेरै उपलब्धि हासिल हुने अपेक्षा गरिएको सचिव दिलिप प्रधानले बताए ।

उहाँलाई स्वागत गर्न सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार डाक्टर पुरुषाेतम दुवे , कोषाध्यक्ष मेघराज सहनी ,सहकोषाध्यक्ष राधा शर्मा ,प्रहरी सहायक लालुमाया महतो,सदस्य राजेश कुमार सिंह ,जगत राई,तारा घिमिरे ,सविना पौडेल लगायतको विशेष उपस्थित रहेको सचिव दिलिप प्रधानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...