डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Date:

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज ।
वीरगञ्जस्थित डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीले विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यालयले “स्कुल अफ दि मन्थ” कार्यक्रमअन्तर्गत यस वर्षदेखि छात्रवृत्ति वितरण अभियान सुरु गरेको जनाएको छ।

विद्यालयकी सञ्चालक तथा प्रधानाध्यापक रोशनी श्रीवास्तवले महानगरपालिका वा अन्य कुनै सरकारी कार्यक्रम अन्तर्गत नभई विद्यालय तथा आफ्नो निजी पहलमा छात्रवृत्ति वितरण गरिएको जानकारी दिइन्। उनका अनुसार आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका एलकेजीमा अध्ययनरत प्रीयान्स श्रीवास्तव तथा वीरगञ्जको कुम्हालटोल निवासी जय रौनियार रहेका छन्। विद्यालयले दुवै विद्यार्थीका अभिभावकलाई विद्यालयमै आमन्त्रण गरी सम्मानपत्रसहित छात्रवृत्ति हस्तान्तरण गरेको जनाएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयले थालेको सामाजिक उत्तरदायित्व तथा शैक्षिक सहयोगको अभियानको प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक श्रीवास्तवले विगत सात वर्षदेखि विद्यालय सञ्चालनका क्रममा विभिन्न चुनौती र संघर्षको सामना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन्। उनले शिक्षा केवल व्यवसाय नभई समाज निर्माणको आधार भएकाले प्रतिभाशाली तथा गरिब विद्यार्थीलाई सहयोग गर्नु विद्यालयको दायित्व भएको उल्लेख गरिन्।

उनले आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्दै बढी संख्यामा विद्यार्थीलाई लाभान्वित गर्ने योजना रहेको समेत जानकारी दिइन्। विद्यालयले आगामी दिनमा सामाजिक तथा शैक्षिक क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा एथरको नयाँ एक्सपिरियन्स सेन्टर संचालनमा , आधुनिक ई- स्कुटरप्रति बढ्दो आकर्षण

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । प्रिमियम...

सहानुभूति , प्रेम र करुणा बिना जीवन अधुरो : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०४ गते , रक्सौल, पूर्वी...