वातावरण दिवसको पूर्वसन्ध्यामा बिरगंजमा सरसफाइ तथा जनचेतना अभियान

Date:

पर्सा पोस्ट , जेष्ठ १९ गते, वीरगञ्ज ।
विश्व वातावरण दिवस २०८३ को पूर्वसन्ध्यामा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योती स्कुल को सहकार्यमा साताव्यापी कार्यक्रमअन्तर्गत मंगलबार व्यापक सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

वीरगञ्ज महानगरपालिका–९ रानिघाटस्थित जीवन ज्योती स्कुल प्राङ्गणबाट सुरु भएको सरसफाइ अभियान गल्ली, सडक तथा पेटी सफा गर्दै घण्टाघरसम्म पुगेको थियो।

त्यसपछि टोलीले वीरगञ्ज चिनीमिल आवास क्षेत्रमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिर परिसरमा समेत व्यापक सरसफाइ गर्दै स्थानीयवासी तथा श्रद्धालुहरूलाई वातावरण संरक्षण र सरसफाइप्रति सचेत गराएको थियो।

कार्यक्रम सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय सञ्चालक मिनाक्षी कर्माचार्य गुप्ता, प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू रुआ नारायण सिंह, केदार गुप्ता, भोला प्रसाद, सञ्चारकर्मी आकाश पटेल, शिक्षक दीपा थापा, चन्दन सिंह तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले प्रकृति बिना मानव जीवनको कल्पना गर्न नसकिने उल्लेख गर्दै आफ्नै आसपासको क्षेत्र सफा राख्ने संस्कार विकास गर्न सके स्वस्थ र सभ्य समाज निर्माण हुने बताए। उनले वातावरण संरक्षणका लागि विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै आयोजक संस्था र सहभागीहरूलाई धन्यवाद व्यक्त गरे।

त्यसैगरी प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले जेष्ठ १८ देखि २२ गतेसम्म बिहान ६ बजेदेखि विभिन्न स्थानमा वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार अभियानको मुख्य उद्देश्य प्रकृतिप्रति जिम्मेवारीबोध गराउँदै जनमानसमा सरसफाइ, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वबारे चेतना फैलाउनु रहेको छ।

सरसफाइ अभियानका क्रममा विद्यार्थीहरूले विभिन्न सन्देशमूलक नारासहित स्थानीयलाई सरसफाइको महत्वबारे जानकारी गराएका थिए। विद्यार्थीहरूको उत्साह, सहभागिता र प्रकृतिप्रतिको सम्मानभाव देखेर आफू भावुक भएको अध्यक्ष सिंहले बताए। उनले कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका पदाधिकारीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल एक दिनको अभियान नभई दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गर्मी र वर्षायामलाई लक्षित गर्दै वडा न.२ द्वारा जेष्ठ नागरिकलाई छाता , झुल र टर्च वितरण

पर्सा पोस्ट , जेष्ठ २० गते , वीरगञ्ज । वीरगञ्ज...

दु:खको जरा बाहिर होइन , मानिसको सोचभित्र लुकेको छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २० गते , रक्सौल, पूर्वी...

ट्राफिक प्रहरी कार्यालय पर्सालाई सर्कल अफ केयरद्वारा पानी डिस्पेन्सर सहयोग

पर्सा पोस्ट , जेष्ठ २० गते, वीरगञ्ज । सामाजिक उत्तरदायित्व...

वातावरण दिवसको अवसरमा बिरगंजमा साइकल रैली , वातावरण संरक्षणबारे जनचेतना फैलाइयो

पर्सा पोस्ट, जेष्ठ २० गते, वीरगञ्ज । विश्व वातावरण दिवस...