बिरगंज बजारमा नियमित अनुगमन तीब्र , एक किराना पसललाई पाँच हजार जरिवाना

Date:

पर्सा पोस्ट, जेष्ठ १९ गते, वीरगञ्ज ।
वीरगञ्ज बजारमा नियमित बजार अनुगमनलाई तीव्रता दिइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्साको नेतृत्वमा मंगलबार वीरगञ्जका विभिन्न किराना पसल तथा मसला उद्योगहरूमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा वीरगञ्ज–७ रेल्वे रोडस्थित पि.के.बि. किराना स्टोरलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

त्यसैगरी वीरगञ्ज–७ रामटोलस्थित सन्तोष किराना पसल, न्यू राजेश मसला प्याकेजिङ उद्योग, माइस्थान तथा वीरगञ्ज–६ माइस्थानस्थित एआर ट्रेडिङ कन्सर्नमा समेत अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य प्रकाश कुमार शाहले जानकारी दिए।

अनुगमन टोली माइस्थान क्षेत्रमा पुग्नेबित्तिकै धेरै व्यापारीहरूले हतारहतार पसल बन्द गरेको दृश्य देखिएको थियो। वीरगञ्जमा बजार अनुगमन हुने खबर फैलिएपछि कतिपय व्यापारीहरूले पसल बन्द गरेर बस्ने प्रवृत्ति बढ्दै गएको उपभोक्ता अधिकारकर्मी शाहले बताए।

उनका अनुसार स्वच्छ बजार व्यवस्थापन, उपभोक्ताको अधिकार संरक्षण, सही तौल तथा गुणस्तरीय सामग्री बिक्री वितरण सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेको छ। बजारमा एक्सपायरी सामान बिक्री भइरहेको छ वा छैन, मूल्यसूची राखिएको छ वा छैन, तथा सामग्रीको गुणस्तर र कम्पोजिसनअनुसार बिक्री भइरहेको छ वा छैन भन्ने विषयमा उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने उनले बताए। गलत कार्य गर्ने व्यवसायीलाई कारबाही गर्नुपर्नेमा समेत उनले जोड दिए।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका मधुरेश कुमार साह, जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य प्रकाश कुमार शाह, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा जिल्ला प्रहरी कार्यालय पर्साका पवन कुमार पासवान सहभागी रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गर्मी र वर्षायामलाई लक्षित गर्दै वडा न.२ द्वारा जेष्ठ नागरिकलाई छाता , झुल र टर्च वितरण

पर्सा पोस्ट , जेष्ठ २० गते , वीरगञ्ज । वीरगञ्ज...

दु:खको जरा बाहिर होइन , मानिसको सोचभित्र लुकेको छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २० गते , रक्सौल, पूर्वी...

ट्राफिक प्रहरी कार्यालय पर्सालाई सर्कल अफ केयरद्वारा पानी डिस्पेन्सर सहयोग

पर्सा पोस्ट , जेष्ठ २० गते, वीरगञ्ज । सामाजिक उत्तरदायित्व...

वातावरण दिवसको पूर्वसन्ध्यामा बिरगंजमा सरसफाइ तथा जनचेतना अभियान

पर्सा पोस्ट , जेष्ठ १९ गते, वीरगञ्ज । विश्व वातावरण...