पर्सा पोस्ट , जेष्ठ १९ गते, वीरगञ्ज ।
वीरगञ्जस्थित Hari Khetan Multiple Campus को सञ्चालक समिति पुनर्गठन गरिएको छ। क्याम्पसले मंगलबार एक सूचना जारी गर्दै नयाँ सञ्चालक समितिको गठन सर्वसम्मत रूपमा सम्पन्न भएको जनाएको हो।
क्याम्पसद्वारा जारी सूचना अनुसार पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा डा. रामऔतार खेतान चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा हरि प्रसाद गौतम, कोषाध्यक्षमा सुरेश कुमार रंगटा तथा सदस्यहरूमा वेद बहादुर कार्की र श्रीमती बर्जित कौर रहेका छन्।
यस्तै, किशोरी राय सदस्य सचिव तथा जय प्रकाश खेतान सल्लाहकारमा मनोनित भएका छन्।
क्याम्पसले नयाँ सञ्चालक समितिको गठनसँगै क्याम्पसको उत्तररोत्तर प्रगति, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासमा थप प्रभावकारी ढंगले काम हुने अपेक्षा गरिएको जनाएको छ।
सूचनामा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई नयाँ समितिबारे जानकारी गराइएको छ। साथै नवगठित सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाईसमेत व्यक्त गरिएको छ।