अजित कुमार भुजेल , बिरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा आठौं सस्कर अन्तर्गत प्याब्सन पर्साले यहि माघ ६ गते देखि इन्टर बिधालय स्तरीय टि-२० नकआउट क्रिकेट प्रतियोगिता- २०८० र प्याब्सन पर्सा जुनियर नकआउट फुटबल प्रतियोगिता-२०८० बिरगंजमा हुने भएको छ ।
नकआउट क्रिकेट प्रतियोगिता आगामी माघ ६ देखि १९ गतेसम्म बिरगंज स्थित आदर्शनगर रङ्गशालामा हुने छ भने जुनियर फुटबल प्रतियोगिता आगामी माघ ७ देखि १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा रहेको फुटबल मैदानमा हुने प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले जानकारी दिनुभयो।
प्रतियोगिता अन्तर्गत बिहान ९ बजेदेखि दैनिक दुई देखि तिन वटासम्म खेलहरू गराइने प्रधानले बताए ।
क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध ३० वटा विद्यालयको सहभागिता रहने त्यसका संयोजक अमित आलोकले जानकारी दिए ।
त्यस्तै फुटबल प्रतियोगितामा २५ वटा विद्यालयको सहभागिता रहने संयोजक शिव गुप्ताले जानकारी दिए ।
क्रिकेट प्रतियोगितामा गौतम स्कुल, ज्ञान ज्योति स्कुल, सन लाइट स्कुल, सिद्धार्थ इन्टरनेशनल स्कुल, न्यु वेभ एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, वीरगञ्ज एकेडेमी, एमईएस स्कुल, नेपाल कावेरी एकेडेमी, माउन्ट एडमण्ड सेकेण्डरी स्कुल, जीवन ज्योति स्कुल, हिमालयन पिरामिड स्कुल, माउन्ट मकालु स्कुल, म्यास्कट एकेडेमी, मनकामना स्कुल, अल्पाइन स्कुल, मेरी गोल्ड स्कुल, विद्या सागर स्कुल, बिकन स्कुल, गोल्डेन फ्युचर स्कुल, श्री आदर्श स्कुल, मिनिल्यान्ड स्कुल, साउथ जोन स्कुल, सेन्ट जेभियर्स स्कुल, मालिनी एकेडेमी, ओम नेशनल स्कुल, मून लाइट स्कुल, ज्ञानदा एकेडेमी, लिटिल एन्जल्स स्कुल र एसआर ग्यालेक्सी एकेडेमीले सहभागिता जनाएको संयोजक अमित आलोकले बताए ।
त्यस्तै फुटबल प्रतियोगितामा सफल एकेडेमी, एसआर ग्यालेक्सी एकेडेमी, गौतम स्कुल, चिल्ड्रेन वर्ल्ड स्कुल, नेपाल कावेरी एकडेमी, वीरगञ्ज पब्लिक स्कुल, साउथ जोन स्कुल, न्यु वेभ एकेडेमी, श्री आदर्श स्कुल, डीएभी स्कुल, सन साइन स्कुल, ज्ञानदा एकेडेमी, लिटिल फ्ल्वार स्कुल, जीवन ज्योति स्कुल, मिनिल्यान्ड स्कुल, बिकन् स्कुल, ओम नेशनल स्कुल, नवदीप एकेडेमी, मून लाइट स्कुल, ज्ञान ज्योति स्कुल, एमइएस स्कुल, मनोकामना स्कुल, गुरुकुल एकेडेमी र म्यास्कट एकेडेमीले सहभागी जनाएको संयोजक शिव गुप्ताले बताए ।
प्रतियोगिता हेर्न कुनै शूल्क नलाग्ने, राष्ट्रिय स्तरका खेलहरूमा सहभागी एम्पाएर तथा रेफ्रिहरूको निरीक्षणमा प्रतियोगिता सम्पन्न हुने प्याब्सन नगर अध्यक्ष आलोक चौरसियाले जानकारी दिनुभयो ।
खेलाडीहरूका लागि दैनिक खाजाको व्यवस्था, एम्बुलेन्स र आपत्कालीन स्वास्थ्य उपचारको व्यवस्थापन पनि गरिएको चौरसियाले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई तथा उपविजेतालाई आकर्षक शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्थापन गरिएको पनि चौरसियाले बताए ।
प्याब्सन पर्साले बिरगंजको होटेल बिस्वामा आज आयोजित पत्रकार सम्मेलनमा पर्साका अध्यक्ष पुरन प्रधान , उपाध्यक्ष सरोज प्रसाद चौधरी , जुनियर फुटबल कोडिनेटर जिल्ला उपाध्यक्ष , जिल्ला सचिव राहुल श्रीवास्तव , सहसचिब बिरेन्द्र यादव , कोषाध्यक्ष रामकिशोर यादव , प्याब्सन बिरगंजका नगर अध्यक्ष आलोक कुमार चौरसिया , सहसचिव सन्नि पार्खीन , प्याब्सन सदस्य सिनियर क्रिक्रेट कोडिनेटर अनिल आलोक , मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष श्याम केसि ,पुर्व प्याब्सन सदस्य मधेस प्रदेशका ईमामुदिन अहमद , प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार श्याम ठाकुर लगायतको उपस्थिति रहेको थियो ।