बिरगंजका युवा यश सरार्फको केदारनाथसम्म १४ सय किमि साईकल यात्रा सुरु

Date:

पर्सा पोस्ट, चैत १३ गते, वीरगञ्ज ।
नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने तथा सनातन हिन्दु धर्मको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगञ्जका एक युवाले भारतको प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ सम्म साहसिक साइकल यात्रा सुरु गरेका छन्।
वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी युवा यश सराफलाई शुक्रबार बिहान नेपाल–भारत सीमास्थित मितेरी पुलबाट एक समारोहबीच भव्य बिदाइ गरिएको हो। कार्यक्रममा स्थानीय समाजसेवी, धार्मिक अगुवा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विश्व हिन्दु परिषद् नेपाल, वीरगञ्ज महानगर समितिका प्रमुख ज्योति रुङ्गटा, उपाध्यक्ष अमित टिवडेवाल, सेवा प्रमुख अनुज गुप्ता, सोनु गुप्ता तथा बन्दना शर्मा लगायतले सराफलाई खादा तथा माला लगाएर सफल यात्राको शुभकामना व्यक्त गरेका थिए।

सराफले करिब एक महिनासम्म चल्ने यस यात्रामा झण्डै १,४०० किलोमिटर दूरी पार गर्ने लक्ष्य राखेका छन्। उनी वीरगञ्जका ‘गौ रक्षा प्रमुख’ समेत रहेका छन्। यात्रा अवधिमा भारतका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थासँग समन्वय गरी आपतकालीन व्यवस्थापनको तयारीसमेत गरिएको उनले जानकारी दिएका छन्।

उनका अनुसार यो यात्रा केवल व्यक्तिगत साहसिक अभियान मात्र नभई धार्मिक चेतना फैलाउने, युवा पुस्तालाई सकारात्मक सन्देश दिने तथा नेपाल–भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले अघि बढाइएको हो।

स्थानीयवासीले यस्तो पहलले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सराफको साहसिक यात्राको खुलेर प्रशंसा गरेका छन्। साथै, यस प्रकारका अभियानले नेपालका युवामा आत्मविश्वास, अनुशासन र देश–विदेशबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...