मानव सेवा आश्रम बिरगंजमा आईजिपि कार्की सहित प्रहरी नेतृत्वद्वारा खाजा सेवा , खाद्यान्न र नगद सहयोग

Date:

पर्सा पोस्ट, माघ १ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–२५, सिरिसियास्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया तथा पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आश्रममा आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा प्रदान गर्नुभएको छ।

उक्त अवसरमा प्रहरी नेतृत्वको तर्फबाट आश्रमलाई अति आवश्यक खाद्यान्न सामग्रीसहित नगद १० हजार रुपैयाँ सहयोग गरिएको मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले जानकारी दिनुभयो।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक आदरणीय प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। साथै

आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी दानबहादुर कार्कीले

मानव सेवा आश्रमले असहाय, बेसहारा र मानसिक रूपमा कमजोर नागरिकहरूका लागि गर्दै आएको सेवा अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले नेपाल प्रहरीको तर्फबाट एक जना प्रहरी २४ घण्टै आश्रममा रहने व्यवस्था मिलाइएको जानकारी दिँदै आगामी दिनहरूमा पनि नेपाल प्रहरीको निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामाजिक सेवामा अग्रसर मानव सेवा आश्रम वीरगञ्ज शाखाले विभिन्न निकाय र व्यक्तिहरूको सहयोगमा आश्रितहरूलाई सुरक्षित आश्रय, उपचार र भोजनको व्यवस्था गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...