बिरगंजमा थारू माघी ( खचडी ) महोत्सव भब्य रुपमा सम्पन्न

Date:

पर्सा पोस्ट , माघ ०१ गते , वीरगञ्ज, पर्सा ।
“पुर्खाको संस्कृति, पुर्खाको भेष–भूषा र भाषा नयाँ पुस्ताको पहिचान, पहुँच र प्रतिनिधित्वको अभिलाषा” भन्ने मूल नाराका साथ माघी (खिचडी) मूल समारोह समिति पर्सा, वीरगञ्जको आयोजनामा माघ १ गते थारु सम्वत २६५० औँ नयाँ वर्षको अवसरमा माघी खिचडी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
आदर्शनगरस्थित स्विमिङ पूल परिसरमा आयोजित उक्त महोत्सव माघी मूल समारोह समिति पर्सा, वीरगञ्जका कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीको सभापतित्व तथा लक्ष्मी नारायण बन्ठाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि बन्ठाले आधुनिक प्रविधिको विकाससँगै भाषा, संस्कार र संस्कृतिहरू लोप हुँदै गएकाले यस्ता पर्व तथा नयाँ सम्वतलाई निरन्तर मनाउँदै सांस्कृतिक संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पुर्खाबाट प्राप्त कला, संस्कृति, भाषा, नृत्य र परिकारहरूको संरक्षण नयाँ पुस्ताको साझा दायित्व भएको बताउनुभयो।

महोत्सवमा थारु समुदायका विभिन्न सांस्कृतिक नृत्य, बालबालिकाद्वारा गीत–नृत्य तथा कला प्रदर्शनी प्रस्तुत गरिएको थियो। साथै घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायत परम्परागत थारु परिकारहरूको प्रदर्शनी तथा स्टल राखिएको थियो।

कार्यक्रमका अवसरमा २६ जनाले (२ महिला सहित) रक्तदान समेत गरेका थिए। सहभागीहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको थियो।

महोत्सवमा मधेस प्रदेशका मन्त्री शंकर चौधरी, शिक्षाविद्, सामाजिक अभियन्ता, पत्रकार, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सांस्कृतिक संयोजक विजया ओझैया र सुरक्षा संयोजक मनोज चौधरीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...