नेशनल मेडिकल कलेज र पशुपति आदर्श क्लबबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Date:

पर्सा पोस्ट , पुष १४ गते, वीरगञ्ज।
नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस १४ गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा आयोजित कार्यक्रममा औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

सम्झौताअनुसार पशुपति आदर्श क्लबका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजमार्फत गुणस्तरीय, प्राथमिकतासहित तथा सहुलियतयुक्त स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा, अन–साइट क्लिनिक सञ्चालन तथा विशेष वेलनेस प्याकेजहरू प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौताअन्तर्गत ओपीडी सेवा, आकस्मिक उपचार, जनरल बेड, आईसीयू, शल्यक्रिया सेवा, विभिन्न प्रयोगशाला परीक्षण, रेडियोलोजी सेवा, फार्मेसी तथा अन्य आवश्यक स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। सम्झौताको अवधि एक वर्षको रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलतर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, प्रमुख सूचना अधिकृत इ. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कान्थ, मौलाना साव तथा पापु सिंहको उपस्थिति रहेको थियो।

त्यसैगरी पशुपति आदर्श क्लबतर्फबाट अध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष किरण बहादुर कटवाल तथा सचिव सुरेश श्रीवास्तव सहभागी हुनु भएको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले क्लबका सदस्य तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...