भारत विकास परिषद र श्रीराम जानकी मन्दिरको सन्युक्त आयोजनामा रक्सौलमा नि:सुल्क नेत्र जाँच शिबिर

Date:

पर्सा पोस्ट , पुष १३ गते, रक्सौल ।
भारत विकास परिषद् रक्सौल शाखा तथा श्रीराम जानकी मन्दिर सह विवाह भवन समितिको संयुक्त आयोजनामा आगामी मङ्गलबार, ३० डिसेम्बरका दिन रक्सौलमा निःशुल्क नेत्र जाँच शिविर आयोजना हुने भएको छ। पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर परिसरमा पूर्वाह्न ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने उक्त शिविरमा सर्वसाधारणले निःशुल्क आँखाको जाँच गराउन सक्नेछन्।

यस सम्बन्धमा जानकारी दिँदै भारत विकास परिषद् रक्सौल शाखाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवम् मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले आजको व्यस्त जीवनशैलीका कारण आँखासम्बन्धी गम्भीर रोगहरूको जोखिम बढ्दै गएको बताए। धेरै मानिसहरू जानकारीको अभावमा नेत्ररोगप्रति सचेत नहुनुका साथै पछिल्ला दिनमा तापक्रम घटेसँगै नेत्ररोगीहरूको संख्या बढिरहेको अवस्थालाई ध्यानमा राख्दै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनको भनाइ छ।

शिविरमा वीरगञ्जको बिर्तास्थित सिद्धि आई केयरका सञ्चालक तथा नेपालका सुप्रसिद्ध नेत्र चिकित्सक डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठले नेत्र जाँच तथा परामर्श सेवा प्रदान गर्नेछन्। शिविरमा सहभागी हुने व्यक्तिहरूलाई आँखाको जाँचपछि आवश्यक चिकित्सकीय परामर्श दिइनेछ भने आवश्यक परेमा निःशुल्क औषधि समेत उपलब्ध गराइनेछ।

त्यसैगरी, शिविरमा दर्ता भएका मोतियाबिन्दु तथा अन्य नेत्ररोगीहरूलाई सिद्धि आई केयरतर्फबाट थप जाँच तथा शल्यक्रियामा अधिकतम छुटको व्यवस्था गरिएको जानकारी मिडिया प्रभारी प्रियदर्शीले दिएका छन्। आयोजक संस्थाका पदाधिकारीहरूले शहरवासी तथा आसपासका बासिन्दाहरूलाई आफ्नो आँखाको स्वास्थ्य सुरक्षाका लागि यो निःशुल्क शिविरको अधिकतम लाभ लिन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...