जगरनाथपुर-२ मा श्राद्वकार्यका लागि समाजसेवी बृजेश्वर चौधरीद्वारा खाद्यान्न सहयोग

Date:

पर्सा पोस्ट | पुष १३ गते | बिरगंज
जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा एक पीडित परिवारको श्राद्धकार्यका लागि समाजसेवी तथा मेयर पदका प्रत्याशी बृजेश्वर चौधरीले खाद्यान्न सहयोग गरेका छन्। यही हप्ता परिवारको घरमा श्राद्धकार्य परेकाले आवश्यक सहयोगस्वरूप ३० किलोका दुई बोरा चामल प्रदान गरिएको हो।

स्ववर्गीय आत्माको चिरशान्ति तथा स्वर्गमा स्थान प्राप्त होस् भन्ने कामनासहित गरिएको उक्त सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको छ। सहयोग हस्तान्तरणका क्रममा चौधरीले आगामी दिनमा पनि विपन्न, दलित तथा पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विकास र समानताको यात्रामा सबै वर्ग तथा समुदायलाई समेटेर अघि बढ्ने आफ्नो उद्देश्य रहेको बताउँदै मानवीय सेवाभाव नै आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।

स्थानीयवासीहरूले समाजसेवी भावनाका साथ गरिएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यहरूले सामाजिक एकता, सद्भाव र मानवीय संवेदनालाई थप मजबुत बनाउने प्रतिक्रिया दिएका छन्। समाजसेवी बृजेश्वर चौधरी लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...