बिरगंजको पन्चमुखी हनुमान मन्दिरमा ५५ औं साप्ताहिक सामूहिक श्री हनुमान चालिसा पाठ भब्य रुपमा सम्पन्न

Date:

पर्सा पोस्ट, पौष ०१ गते, वीरगञ्ज ।
सनातन धर्मप्रति गहिरो आस्था राख्ने वीरगञ्जका युवा तथा श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागितामा वीरगञ्ज महानगरपालिका–७, रेल्वे रोडस्थित पंचमुखी हनुमान मन्दिरमा मिति २०८२ साल पौष १ गते मंगलबार ५५औँ साप्ताहिक सामूहिक श्री हनुमान चालीसा पाठ भक्तिमय वातावरणमा सम्पन्न भएको छ।

प्रत्येक मंगलबार नियमित रूपमा आयोजना हुँदै आएको उक्त सामूहिक पाठ कार्यक्रममा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सामूहिक रूपमा श्री हनुमान चालीसा पाठ गरिनुका साथै भजन–कीर्तन र सामूहिक आराधनासमेत गरिएको थियो, जसले मन्दिर परिसरलाई भक्तिमय बनाएको थियो।

कार्यक्रम संयोजक अमर सराफका अनुसार आगामी २०८२ साल पौष ८ गते मंगलबार ५६औँ साप्ताहिक सामूहिक श्री हनुमान चालीसा पाठको अवसरमा विशेष महाआरतीको आयोजना गरिनेछ। उक्त विशेष कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई धार्मिक लाभ लिन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

यस प्रकारका धार्मिक कार्यक्रमहरूले सनातन धर्मको संरक्षण, धार्मिक एकता तथा सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...