बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियानको आज ३४ औं दिन

Date:

पर्सा पोस्ट, मंसिर १८ गते, बिरगंज ।
बिरगंज महानगरपालिकालाई हरियालीयुक्त, स्वच्छ र सौन्दर्यपूर्ण शहरका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियान लगातार ३४ औँ दिन पनि निरन्तर रूपमा अघि बढेको छ।

बिरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्सा तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त सहकार्यमा सञ्चालन भइरहेको यो अभियानले सीमाक्षेत्रको वातावरणीय संरक्षणमा महत्वपूर्ण प्रभाव पारिरहेको छ।

आजको कार्यक्रममा बिरगंजस्थित भारतीय दूतावासका Consul (ICS), Consulate General of India, Birgunj मनिष कुमार दास विशेष अतिथिका रूपमा सहभागी रहे। उनले अभियानप्रति प्रशंसा व्यक्त गर्दै सीमाक्षेत्रको वातावरणीय सुधार, सामुदायिक सहकार्य र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बन्ने बताउँदै दीर्घकालीन संरक्षण व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिए।

वृक्षारोपण कार्यक्रममा नगर प्रहरी, सामुदायिक प्रहरी, सशस्त्र प्रहरी, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीय अगुवाहरू तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो। सुरक्षा निकायका प्रतिनिधिहरूले सीमाक्षेत्रको सुरक्षासँगै वातावरणीय जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

अभियान सुरू भएको ३४ दिनमा सयौँ बिरुवाहरू रोपिएका छन्। धेरै स्थानमा तारजाली, बाँसको संरचना र सिँचाइ व्यवस्था गरेर संरक्षणका उपायहरू समेत लागू गरिएको आयोजकहरूले जानकारी दिए। स्थानीय बासिन्दा, व्यापारी तथा समुदायका प्रतिनिधिहरूको दैनिक सहभागिताले अभियानले व्यापक समर्थन पाइसकेको छ।

आगामी दिनहरूमा अभियानलाई थप दिगो र प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरका हरियाली गतिविधि तथा समुदायसङ्गको समन्वय बिस्तार गर्ने तयारी भैइरहेको आयोजकहरुले बताएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...