सनातन हिन्दू एकता पदयात्रामा नेपाली युवा र पत्रकारहरुको उत्साहपूर्ण सहभागिता

Date:

पर्सा पोस्ट , कार्तिक ३० गते , नई दिल्ली/बृन्दावन । बागेश्वर धाम सरकारद्वारा आयोजना गरिएको सनातन हिन्दू एकता पदयात्रा 2.0 मा नेपालबाट समेत उल्लेखनीय र उत्साहपूर्ण सहभागिता देखिएको छ। नेपालका विभिन्न जिल्लाबाट आएका युवा, समाजसेवी, सामाजिक अभियन्ता, पत्रकार तथा श्रद्धालुहरू सयौ‌ंको संख्यामा पदयात्रामा सहभागी भएका हुन्।

१० दिने करिब १५० किलोमिटर लामो यो पदयात्रा दिल्लीस्थित कात्यायनी मन्दिरबाट शुरु भएर आइतबार बृन्दावनको प्रसिद्ध बाँके बिहारी मन्दिरमा पुगेर सम्पन्न हुँदैछ। भारतका विभिन्न राज्यसहित अन्य मुलुकहरूबाट समेत लाखौं भक्तजन सहभागी भएको आयोजकहरूले जनाएका छन्।

नेपालबाट सहभागी बनेका युवाहरूले राष्ट्रिय झण्डा बोकेर पदयात्रा गरेको दृश्यले यात्रामा विशेष आकर्षण थपेको थियो। सो अवसरमा उनीहरूले नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्बन्ध अझ मजबुत बनाउन सन्देश प्रदान गरेका छन्।

पदयात्रामा बीरगंजका पत्रकार कन्हैया पटेल, राजकुमार सर्राफ र निरंजन साहको विशेष उपस्थिति रहेको थियो। बागेश्वर धामका शिष्य समेत रहेका युवा अभियन्ता तथा पत्रकार कन्हैया पटेलले नेपालमा धार्मिक सद्भाव, सामाजिक एकता तथा सकारात्मक परिवर्तनको कामना गर्दै विशेष प्रार्थना गरेको बताएका छन्।

पत्रकारहरू पटेल, सर्राफ र साहले पदयात्राले समाजमा विद्यमान छुवाछूत तथा भेदभाव अन्त्य गर्न, यमुना नदी सफाइ अभियानको महत्व उजागर गर्न तथा हिन्दू समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण सन्देश दिएको उल्लेख गरे।

भक्तजनहरूको भनाइमा, सनातन हिन्दू एकता पदयात्रा धार्मिक चेतना अभिवृद्धि, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणको ठूलो अभियानका रूपमा प्रस्तुत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...