ट्राफिक जनचेतना अभियान : ग्रिनसिटि चोकमा पैदलयात्री र सवारी चालकलाई प्रत्यक्ष जानकारी

Date:

पर्सा पोस्ट, कार्तिक ३० गते, बिरगंज ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त पहलमा आज बिहान बीरगंज–१० स्थित ग्रिनसिटी चोकमा ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

प्रहरी चौकी आदर्शनगरका प्रहरी नायव निरीक्षक मानबहादुर खड्काको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले बिहान ९ बजेदेखि ११ बजेसम्म सडकमा उपस्थित पैदलयात्री तथा सवारीचालकलाई ट्राफिक सुरक्षा सम्बन्धी विविध सूचना र निर्देशन प्रदान गरेको थियो।

कार्यक्रमका क्रममा करिब ५०–६० जना नागरिकलाई जेब्रा क्रसिङको प्रयोग, हेलमेटको क्लिप अनिवार्य रूपमा बाध्ने, सीटबेल्ट अनिवार्य रूपमा प्रयोग गर्ने लगायत महत्वपूर्ण ट्राफिक नियमबारे जानकारी गराइएको थियो। प्रहरी टोलीले जिङ्गल बजाउँदै तथा प्रत्यक्ष सडकमै भेटघाट गर्दै सुरक्षित यात्रा सम्बन्धी आवश्यक सुझावसमेत प्रदान गरेको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटीका इञ्चार्ज कुमार बी.के. का अनुसार दुर्घटना न्युनिकरण तथा सुरक्षित सडक संस्कृति विकासका लागि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...