पर्सा पोस्ट, कार्तिक २९ गते, बिरगंज। पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो मेयर कप–२०८२ को उपाधि जागृत युवा क्लबले हात पारेको छ। मधुवाहा क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जगरनाथपुर–६ को टोलीलाई पराजित गर्दै जागृत युवा क्लब विजेता बनेको हो।
उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यता फाइनल खेलमा बिरगंज महानगरपालिका उप–मेयर इम्तियाज आलम प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि आलमले खेलप्रतिको कदर गर्दै खेलाडीहरूलाई सफल भविष्यको शुभकामना दिएका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू तथा संस्थाहरुले अतिरिक्त पुरस्कार घोषणा गरी वितरण गरेका थिए।
फाइनल खेलको रोमाञ्चक क्षण:
सुरुमा ब्याटिङ गरेको जगरनाथपुर–६ ले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनायो।
जवाफी लक्ष्य १०२ रन पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा लेखायो।
स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थितिले फाइनल वातावरण थप उत्साहित बनाएको थियो।
पुरस्कार वितरण:
विजेता बनेको जागृत युवा क्लबलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे।
त्यस्तै उप–विजेता जगरनाथपुर–६ लाई उपाध्यक्ष बिविता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरे।
व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरू:
• म्यान अफ द म्याच: अनिल महरा (जागृत युवा क्लब)
• बेस्ट ब्याट्सम्यान: सुजित पटेल (जागृत युवा क्लब)
• बेस्ट फिल्डर: सन्दिप पटेल (जगरनाथपुर–६)
• बेस्ट बलर: सहजाद देवान (जगरनाथपुर–२) — १९ विकेट
• म्यान अफ द सिरिज: दिपु राउत (जगरनाथपुर–२)
कार्यक्रममा विशेष उपस्थिती:
फाइनल खेलमा जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, कृषि शाखा प्रमुख दया चौहान लगायतका व्यक्तिहरूको उपस्थिती थियो।
कार्यक्रमको सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए।