बेवारिसे सुट्केश भेटियो – बमको आशन्कामा बिरगंज वडा न.२ मा क्षणिक त्रास, डिस्पोजल टोलिले खतरा नदेखे

Date:

पर्सा पोस्ट ,कार्तिक २६ गते , बिरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २, छपकैया स्थित मेनरोड अगाडि एक बेवारिसे सुटकेश देखिएको सूचना पाएपछि स्थानीय क्षेत्रमा केही समयका लागि त्रास फैलियो। आज साँझ करिब ६:१५ बजे बिरयानी हाउस अगाडिको पूर्व साइड रोड पेटिमा खैरो रङ्गको सुटकेश बेवारिसे अवस्थामा देखेपछि स्थानियले तुरुन्तै वडा प्रहरी कार्यालय बिर्तालाई खबर गरेका थिए।

सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी घटनास्थलमा पुगेका थिए र सुरक्षित वातावरण कायम गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो। श्री जंग गण वीरगंजबाट आगमन गरेको सात जनाको विशेष बम डिस्पोजल टोलीले उक्त सुटकेशको परीक्षण (डिस्पोजल/रिस्क असेस) गर्दा भित्र कुनै प्रकारको विस्फोटक पदार्थ नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सुटकेश कसैले सो स्थानमा छोडेर त्रास सिर्जना गर्ने उद्देश्यले छाडेको हुन सक्ने सम्भावनालाई प्राथमिक अनुसन्धानको रुपमा हेरिएको छ र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ। घटना स्थलबाट कुनै संदिग्ध व्यक्ति पक्राउ गरिएको रिपोर्ट हालसम्म प्राप्त भएको छैन।

वडा प्रहरी कार्यालय र बिरगंजका सम्बन्धित सुरक्षा निकायहरूले स्थानीय नागरिकहरूलाई शान्त रहेका र कुनै अनावश्यक अफवाह फैलाउन नहुन अनुरोध गरेका छन्। प्रहरीले सुटकेश यथास्थितिमा राखेर घटनास्थलको फोटोग्राफ तथा सुरक्षासम्बन्धी साक्ष्य संकलन गरी विस्तृत अनुसन्धान अघि बढाइरहेको बताएको छ।

(घटना सम्बन्धी थप विवरण आउँनासाथ अपडेट गरिनेछ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...