पर्सा पोस्ट, कात्तिक २६ गते, बिरगंज । वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित एक किराना पसलमा गाँजा बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ८ केजी गाँजा बरामद गरेको छ।
पसलका सञ्चालक खेदु महतो धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार धानुकको पसलबाट गाँजा बिक्री भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको थियो।
बरामद गरिएको गाँजा परीक्षणका लागि प्रयोगशालामा पठाइएको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।प्रहरीले यस घटनालाई लागूऔषध नियन्त्रणमा कडाइका साथ कारबाही गरिने घटनाको रूपमा लिएको जनाएको छ।