नवदीप एकेडेमीकी परी गुप्तालाई पिस पोस्टर चित्रकला प्रतियोगितामा पहिलो स्थान

Date:

पर्सा पोस्ट, कार्तिक २६ गते, वीरगंज।
वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीका विद्यार्थीहरूले यस वर्षको पिस पोष्टर चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उज्यालो पारेका छन्।

विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका १५ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। तीमध्ये कक्षा ६ की परी गुप्ताले उत्कृष्ट चित्र प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेकी छन्। सोही प्रतियोगितामा कक्षा ५ की आचल साहले द्वितीय स्थान र मिराली जैसवालले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि पिएमसिसी (PMCC)का डा. रमेशकुमार अग्रवालले विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले सो अवसरमा देशभरका विजेता विद्यार्थीहरूले अब इन्टरनेशनल पिस पोष्टर प्रतियोगितामा भाग लिन पाउने जानकारी दिनुभयो।

डा. अग्रवालका अनुसार अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट हुने विद्यार्थीहरूले ठूलो धनराशिको पुरस्कार समेत प्राप्त गर्ने छन्। उहाँले भन्नुभयो, “बालबालिकाले चित्रमार्फत आफ्ना भावना र समाजप्रतिको सन्देश व्यक्त गर्न सक्छन्। यस्ता प्रतियोगिताले सिर्जनशीलता, कलात्मकता र विश्वशान्तिप्रतिको सोच विकास गर्न मद्दत पुर्‍याउँछन्।”

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक तथा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रथम भिडिजी एमएलएफ लायन राम बिहारी पाण्डे, एरिया चिफ पिएमजे एफ लायन रामेश्वर, डिष्टिक मार्केटिङ को–अर्डिनेटर लायन नरुतम पाण्डेलगायतका अतिथिहरूले पनि आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण शिक्षिका नेहा अग्रवालले गर्नुभएको थियो। अन्त्यमा डा. अग्रवालले विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गर्दै अध्ययन र सिर्जनात्मक गतिविधिमा निरन्तर सक्रिय रहन प्रेरणा प्रदान गर्नुभयो।

नवदीप एकेडेमीका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै विद्यालय र देशको प्रतिष्ठा बढाउने अवसर पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...