रामागढ्वा एकता युवा क्लबले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

Date:

पर्सा पोस्ट, कार्तिक २६ गते, बिरगंज । वीरगंज महानगरपालिका–२४, रामगढवास्थित रामगढवा एकता युवा क्लबले “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ एक खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

क्लबका अनुसार यो कार्यक्रम आगामी २०८२ साल कार्तिक २९ गते, शनिबार बिहान ७ बजेदेखि काशी विश्वनाथ कलोनी, रामगढवा, पर्सामा सञ्चालन गरिनेछ।
क्लबका पदाधिकारी त्रिलोकी पटेलका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवाहरूलाई सामाजिक सेवा र मानवतामूलक कार्यमा प्रेरित गर्नुका साथै रक्तदानको महत्वबारे जनचेतना फैलाउने रहेको छ।

उनका भनाइअनुसार, “रक्तदान जस्तो सानो कार्यले पनि धेरै बिरामीहरूको जीवन बचाउन सक्ने भएकाले सबै स्थानीय युवा तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन क्लबले आग्रह गरेको छ।”

कार्यक्रमको सफलताका लागि क्लबले स्थानीय निकाय, स्वास्थ्य संस्था तथा विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गरिरहेको छ। साथै, कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहने क्लबले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...