पर्सा पोस्ट, कार्तिक २४ गते, वीरगंज ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालअन्तर्गतका चार लायन्स क्लबहरूको संयुक्त आयोजनामा बिश्व विज्ञान दिवसको अवसरमा स्टेशनरी सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी की अध्यक्ष लायन सुशीला साह, लायन्स क्लब अफ वीरगंज परिवार का अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन्स क्लब अफ वीरगंज मेट्रो सिटी का अध्यक्ष लायन उमेश गुप्ता, र लायन्स क्लब अफ वीरगंज सुप्रीम का अध्यक्ष लायन पीयूष दारुकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रम श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, विश्वा, वीरगंजमा आयोजना गरिएको थियो। विद्यालयका शिक्षक टीका खड्काको उपस्थितिमा विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको थियो। सो अवसरमा विद्यार्थीहरू अत्यन्तै उत्साहित र हर्षित देखिएका थिए।
कार्यक्रमको अध्यक्षता लायन नरोत्तम पाण्डेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा VDC लायन राम विहारी पाण्डे उपस्थित रहेका थिए। कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन राम विहारी पाण्डेले लायन्स क्लबहरूले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सेवा पुर्याउँदै आएको बताउँदै विद्यालयका विद्यार्थीहरूमा अध्ययनप्रति रुचि जगाउने उद्देश्यले गरिएको यो कार्यक्रम अत्यन्तै अर्थपूर्ण रहेको बताए।
त्यस्तै, अध्यक्ष लायन नरोत्तम पाण्डेले साना सहयोगका माध्यमबाट समाजमा ठूलो परिवर्तन सम्भव हुने उल्लेख गर्दै लायन्स क्लबको मूल उद्देश्य नै समाजसेवा रहेको स्पष्ट पारे।
कार्यक्रमका अन्त्यमा विद्यालयका शिक्षक टीका खड्काले लायन्स क्लबका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्तो सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति अझ उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।