स्वास्थ्य प्रदर्शनी कार्यक्रम विरगंजमा सम्पन्न , मेयर सिंहले गरे बिधार्थिहरुलाई प्रेरित

Date:

पर्सा पोस्ट, कार्तिक २४ गते, वीरगंज ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत वीरगंज नर्सिङ क्याम्पस, वीरगंज–विर्ता–०४, पर्साद्वारा आयोजित स्वास्थ्य प्रदर्शनी कार्यक्रम आज वीरगंज–१२ स्थित मुर्ली पोखरीको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारका यस्ता प्रदर्शनहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। उनले नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथिका रूपमा वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख कल्पना पौडेल, क्याम्पसका प्राध्यापक, विद्यार्थी, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक मोडेलहरू, पोषक आहार, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, र अन्य रोग रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहयोगीका रूपमा वीरगंज महानगरपालिका वडा कार्यालय मुर्ली–१२ तथा रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंज रहेका थिए।

समापन सत्रमा आयोजक समितिले सहभागी विद्यार्थी र सहयोगी संस्थाहरूप्रति धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति निरन्तर सक्रिय रहिरहने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...