क्रिक्रेट र खेलकुद पुर्वधार बिकासका मागमा मन्त्री गुप्ताको सकारात्मक प्रतिक्रिया

Date:

पर्सा पोस्ट, कार्तिक २० गते, काठमाडौं । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन–जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट तथा खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ।

छलफलका क्रममा अध्यक्ष मनिष सिंहले वीरगञ्जको नारायणी रंगशालासँगै जोडिएको टिबी साह क्रिकेट मैदानको स्तरोन्नतिको आवश्यकता औँल्याउँदै उक्त मैदान स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरूको अभ्यास केन्द्र भएको जानकारी दिए। उनले मैदानको स्तरोन्नति र विस्तार नहुँदा खेलाडीहरूको प्रतिभा विकासमा बाधा पुगिरहेको बताउँदै मुआब्जा प्रक्रियालगायतका अवरोध छिटो हटाएर काम अघि बढाउन मन्त्री गुप्तालाई आग्रह गरे।

त्यस्तै, सिंहले छलफलमा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, ११औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमा सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वाधार तयार पार्ने, मधेसका प्रत्येक सरकारी विद्यालयमा एक-एक जना खेलकुद प्रशिक्षक नियुक्त गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूका लागि पोषणयुक्त आहारको व्यवस्था गर्ने र वीरगञ्जकै आदर्शनगर रंगशालाको स्तरोन्नति गर्ने मागहरू राखेका थिए।

छलफलमा सहभागी जेन–जी युवा आशिष् गुप्ताका अनुसार, मन्त्री गुप्ताले सबै मागहरूलाई पूर्ण रूपमा सकारात्मक दृष्टिकोणले लिँदै तत्काल प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्।

मन्त्री गुप्ताले भने, “तपाईँहरूले उठाएका सबै जायज मागहरू सम्बोधन गर्न म व्यक्तिगत रूपमा लागिपर्छु। टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुङ्ग्याएर काम थाल्छौँ, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रक्रिया अघि बढाउँछौँ र ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा कुनै कमी हुन दिनेछैनौँ।”

उनले विद्यालय स्तरमा खेलकुद प्रशिक्षक नियुक्ति र खेलाडीहरूको पोषण व्यवस्थालाई पनि सरकारको प्राथमिकतामा रहेको बताए।अध्यक्ष सिंहले मन्त्री गुप्ताको प्रतिबद्धताले मधेस प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।

छलफलमा जेन–जी युवा रोमी खान, विनय गिरी, विक्की सर्राफ, सुशान्त साह, रोहित साह, सुमित गुप्ता, मुर्तुजा हावारी र रजत पाण्डेलगायतको सहभागिता रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...