पर्सा पोस्ट, कार्तिक ११ गते, वीरगञ्ज। छठ पर्वको शुभ अवसरमा सामाजिक विकास सेवा समिति तथा श्री बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विश्रामपुर गाउँपालिका–८, बलिरामपुरमा आयोजित उक्त कार्यक्रममा ३० जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा दीपा ठाकुर, सन्तोष कुमार महतो, छठू महतो, राम महतो केवट, अभिनाश गुप्ता, सन्तोष प्रसाद कलवार, दुखाराम महतो, भोला प्रसाद साह, सेशनाथ महतो, गौतम कुमार, राहुल महतो केवट, प्रदीप कुमार गुप्ता लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो भने नेपाल रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा र नितेश कुमार लगायतका टोलीले प्राविधिक सहयोग गरेका थिए।
कार्यक्रम सामाजिक विकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि डा. मुकेश चतुर्वेदी, बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ता, समाजसेवी राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमले छठ पर्वको अवसरमा समाजमा मानवता, सेवा भावना र परोपकारको सन्देश फैलाएको आयोजकहरूले जनाएका छन्।