नारायणी अस्पतालमा छोरी जन्मेकि महिला परिवारसङ्ग पुनमिर्लन

Date:

पर्सा पोस्ट, असोज १५ गते, वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाको पहलमा नारायणी अस्पतालमा मंगलबार छोरी जन्मेकी महिलाको आज बिहान परिवारसँग पुनर्मिलन भएको छ।

असोज १४ गते बेलुकी ५:२३ बजे नारायणी अस्पतालमा प्रसूति भएको ३० वर्षीया महिलाको मानसिक अवस्था कमजोर रहेकाले उनलाई असोज ११ गते शनिबार राति वडा प्रहरी कार्यालय र आश्रमका अभियन्ताहरुले उद्धार गरी आश्रममा ल्याएका थिए।

बच्चा जन्मिएपछि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा समाचार प्रसारित भएपछि महिलाकी सासु–ससुरा सम्भु राम र पाना देवी चमारले आफ्नी बुहारीलाई चिनेका हुन्। उनीहरू आज बुधबार बिहान ८ बजे अस्पताल पुगेर बुहारी र नातिनीलाई लगेका हुन्। उनीहरू पर्सागढी नगरपालिका–५ झिंग्नीका स्थायी बासिन्दा हुन्।

ससुरा–सासुका अनुसार छोरा राम कारण राम रोजगारीका लागि पहाडमा ट्र्याक्टर चालकको काम गर्छन् भने बुहारी पुनिता देवी राम मानसिक समस्या भएपछि घरबाट हराएकी थिइन्। गाउँलेले फेसबुकमार्फत समाचार देखेपछि मात्र उनीहरूलाई थाहा भएको र त्यसपछि अस्पताल आइपुगेका थिए।

यो अवसरमा अस्पतालमा गरिएको पारिवारिक पुनर्मिलनमा मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रम अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी अध्यक्ष एवं सामाजिक अभियन्ता पिया सिंह, अस्पताल OCMC की फोकल पर्सन हेमा थापा, सामाजिक अभियन्ता सन्तोष पटेल र पिन्टु रौनियार, साथै आश्रमका स्वयंसेवक बिकाश माली, संगीता परियार, प्रहरी जवान नगेश्वर यादव र दिपेन्द्र चौधरी उपस्थित थिए।

आश्रम परिवारले यस पुनर्मिलनमा योगदान पुर्‍याउने सम्पूर्ण पत्रकार, सञ्चारमाध्यम, समाचार शेयर गर्ने सबैलाई विशेष आभार प्रकट गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...