जापानीज ईन्सेफलाईटिस संक्रमण नियन्त्रणमा बिरगंज महानगरको पशुपन्छि फर्ममा विशेष अनुगमन

Date:

पर्सा पोस्ट , भदौ १३ गते , वीरगंज । पछिल्लो समय जापानीज इन्सेफलाइटिस संक्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

महानगरको वडानं. १९ बरवा र वडा नं. २२ मनियारीका सुँगुर तथा बंगुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ। अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो।

सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमुत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ। साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको हो।

जोखिमपूर्ण क्षेत्रमा रहेका दलित बस्तीहरूमा समेत जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जहाँ स्थानीयलाई सामूहिक सरसफाइमा सहभागी हुन र लामखुट्टे नियन्त्रणमा प्रत्यक्ष सरोकारवाला बन्न प्रेरित गरिएको थियो।

महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधि छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको जानकारी दिनुभयो।

अनुगमन टोलीमा पशु चिकित्सक डा. सुदिप कुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुषाल सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...