शिक्षा बिधेयकबिरुद्ध निजि विद्यालय संचालकहरुको काठमाडौंमा प्रदर्शन

Date:

पर्सा पोस्ट , भदौ ०५ गते ,काठमाडौं। सरकारले विद्यालय शिक्षा विधेयकलाई बिहीबार अन्तिम रूप दिने तयारी गरिरहेका बेला देशभरका निजी तथा आवासीय विद्यालय सञ्चालकहरू सडकमा उत्रिएका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका संस्थाहरूको आव्हानमा बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विद्यालय सञ्चालक, प्रिन्सिपल र शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन्।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारी हरूले सरकारको ध्यानाकर्षण गराए।

सो कार्यक्रममा पर्साबाट पनि विद्यालय सञ्चालकहरूको प्रतिनिधि टोली सहभागी भएको थियो। प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, महानगर अध्यक्ष राहुल श्रीवास्तव, केन्द्रीय सदस्य छेडुप लामा, जिल्ला सदस्य शुलभ केसी, विजय कुमार बल लगायतको नेतृत्वमा ब्यानर सहित टोलीले शान्तिपूर्ण तरिकाले आफ्नो धारणा राखेको हो।

विद्यालय सञ्चालकहरूको आरोप छ कि सरकारले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने खालका प्रावधान राखेको छ। उनीहरूले भने, “निजी विद्यालयलाई कम्पनीका रूपमा सञ्चालन गर्ने अधिकार खोस्ने, जबर्जस्ती पूर्ण छात्रवृत्ति लाद्ने र गैरनाफामूलक बनाउन खोज्ने प्रावधान अस्वीकार्य छन्।”

सञ्चालकहरूले सरकारलाई शिक्षा विधेयकलाई पुनर्विचार गरी सबै सरोकारवालासँग छलफल गरेर अघि बढाउन माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...