भदौ ७ गते बिरगंजमा ब्रह्माकुमारीद्वारा बृहत् रक्तदान शिबिर , ५ सय युनिट संकलन लक्ष्य

Date:

पर्सा पोस्ट, साउन ४ गते, वीरगञ्ज। विश्वव्यापी आध्यात्मिक तथा सामाजिक संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले “रक्तदान जीवनदान महादान” भन्ने नारासहित अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गर्न लागेको छ।

यस अभियान अन्तर्गत आगामी भदौ ६ देखि ९ गतेसम्म नेपाल र भारतका विभिन्न स्थानमा १०० घण्टामा १ लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य राखिएको छ। नेपालमा मात्र ३५ हजार युनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ।

वीरगञ्जमा भदौ ७ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म छपकैया–२ स्थित विश्वदर्शन भवन परिसरमा विशाल रक्तदान शिविर आयोजना हुनेछ। यस अवसरमा ५ सय युनिट रक्त संकलन गर्ने लक्ष्य लिइएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

कार्यक्रममा क्षेत्रीय सञ्चालिका ब्रह्मचारिणी रबिना दिदीको विशेष उपस्थिति रहेको थियो भने वरिष्ठ प्रशिक्षक गुनराज भाईजी, गोबर्धन भाईजी, छोटेलाल भाईजी, प्रकाश थारु लगायतको सहभागिता थियो।

संस्थाले नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विश्वविद्यालय, कलेज तथा विभिन्न प्रतिष्ठित संस्थाको सहकार्यमा देशभर रक्तदान शिविर सञ्चालन गर्ने जनाएको छ। भदौ ६ गते सिमरा र वरियारपुरमा, भदौ ७ गते वीरगञ्ज, कलैया, कोल्हवी, चन्द्रपुर र गौरमा शिविर हुनेछन्।

संस्थाका अनुसार स्वेच्छिक रक्तदानले असंख्य जीवनलाई नवजीवन दिनुका साथै युवामाझ सामाजिक उत्तरदायित्व र चेतना अभिवृद्धि गर्नेछ। यस अभियानलाई सफल बनाउन सञ्चारमाध्यममार्फत समाजमा सकारात्मक सन्देश फैलाउन पनि आग्रह गरिएको छ।
रक्तदान कार्यक्रम
मिति: २०८२ भदौ ७ गते शनिबार
• समय: बिहान ८ बजे – दिउँसो २ बजे
• स्थान: विश्वदर्शन भवन परिसर, छपकैया–२, बिरगंज ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...