पत्रकार रजकको हत्यारालाई कार्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साद्वारा बिरोध रैलि

Date:

अजित कुमार भुजेल , बिरगंज । काठमाडौंमा भएको राजावादीहरूको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घ पर्साले शनिवार बिहान बिरगंजको  घण्टाघरमा विरोध प्रदर्शन गरेको छ ।

बदलिएको परिस्थितिका कारण महासङ्घले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासङ्घले मनाउने निर्णय गरेको थियो ।

शुक्रवार काठमाडौँमा तीनकुनेमा राजवादीहरूले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार रजकको आगलागीमा परेर मृत्यु भएको थियो । राजवादीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेपछि त्यहाँ एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका पत्रकार रजकको जलेर मृत्यु भएको थियो । घरमा आगलागी भएपछि अन्य सबै त्यहाँबाट आफ्नो ज्यान जोगाउने उद्देश्यले बाहिर निस्के पनि आफ्नो कर्तव्य प्रति इमानदार रजकले त्यहीँ बसेर निरन्तर रिपोर्टिङ गरिरहेका थिए ।

विरोधमा उत्रिएका पत्रकारहरूले रजकको हत्यारामाथि कारबाही हुनुपर्ने माग राखेका थिए ।आफ्नो ज्यान जोखिममा राखेर आम सर्वसाधारणलाई सुसूचित गर्ने पत्रकारहरूको सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने पनि उनीहरूले माग गरेका थिए ।विरोधमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, महिला उपाध्यक्ष निलिमा पौडेल ,  सचिव विजय चौहान , सहसचिव एसके चौरसिया , अजय चौरसिया, कोषाध्यक्ष सन्जिव मिश्र, सदस्य अजित भुजेल , आरोहण साह , बलिराम सुक्ला , प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्र , बिजय भन्डारि , समाजवादी प्रेस सङ्गठनका सम्भु कुमार सुमन  लगायत प्रेस युनियन , प्रेस चौतारी , प्रेस सेन्टर नेपाल , समाजवादि प्रेस सङ्गठन , प्रेस मञ्च , मधेसी पत्रकार , मुस्लिम पत्रकार संघ , फोटो पत्रकार , खेलकुद पत्रकार , चलचित्र पत्रकार , स्वास्थ्य पत्रकार संघ सङ्ग आवद्ध पत्रकारहरुको समेत उल्लेखनीय  सहभागीता  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...